शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक परिस्थिति बनेमा सरकारको नेतृत्वका लागि पछि नहट्ने बताएका छन् । उनले अझै पनि सरकार निर्माणको परिस्थिति नबनेको जिकिर गरे ।

आइतबार बुढानिलकण्ठस्थित आफ्नै निवासमा श्रीराम श्रेष्ठद्वारा लिखित नेपाली जन जातीय संस्कार र संस्कृति कृतिको विमोचन गर्दै देउवाले भने, ‘म प्रधानमन्त्रीको लागि लालायित छैन तर बहुमतको सरकारसँग निहु खोज्ने बेला पनि होइन ।’

उनले माओवादीले अझै पनि सरकारलाई दिइआएको समर्थन फिर्ता नलिएकाले सरकार बहुमतकै भएको उल्लेख गरे ।

देउवाले आफू प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने व्यक्ति नभएको बताए । उनले भने, ‘प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा छैन । तर, राजनीतिक परिस्थिति यदि हामीले नै नेतृत्व गर्नुपर्ने अवस्था आयो भने हामी पछाडि हट्दैनौं ।’

 देउवाले अहिलेको राजनीतिक परिस्थिति निकै अन्यौलग्रस्त रहेको बताए । उनले भने, राजनीति तरल अवस्थामा छ, कता जान्छ भन्न सकिने अवस्था छैन ।

 प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सत्ता समिकरणको प्रयास भइरहँदा देउवाको पछिल्लो भनाई सार्वजनिक भएको हो ।

यो पनि पढ्नुहोस् ।

पार्टी एकता जोगाउन एमालेका १५ नेताको संयुक्त अपिल

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन बिहीबार संयुक्तरुपमा अपिल जारी गर्दै उनीहरुले एमालेको एकता जोगाउन अपिल गरेका हुन् । आफूहरुलाई एमालेमा रहन नदिने अनेक दाउपेचहरु गरिरहेको समेत उल्लेख गर्दै उनीहहरुले अपिलमा भनेका छन्।

‘फागुन २८ गतेको भेलालाई नै पार्टी केन्द्रीय कमिटीको बैठक मान्ने कुराले त्यही देखाउँछ । तर हामी पार्टी एकता जोगाउन चाहन्छौँ ।’

अपिलमा पार्टी एकताका लागि फागुन २८ गते र तत्पश्चात् भएका बैठकका निर्णय फिर्ता हुनुपर्ने माग रहेको छ । ‘फागुन २८ गते र त्यसपछि भएका बैठकका निर्णय फिर्ता हुनुपर्दछ ।

यदि त्यसो भयो भने एमालेको एकता जोगिन्छ,’ अपिलमा भनिएको छ, ‘एमालेको एकता जोगाउन सकियो भने नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिन्छ ।’

यसरी अपिल गर्ने नेतामा खनाल, नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ष विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमाल छन् ।

ओली–नेपाल वार्ता निष्कर्षहीन
नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच पार्टीभित्रको विवाद मिलाउन बिहीबार पनि भेटवार्ता भयो । उनीहरूबीच दिउँसो राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो ।

भेटवार्तापछि नेता नेपालले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै छलफल चलिरहे पनि ठोस प्रगति नभएको बताए । नेताद्वयले उक्त होटलबाट निर्माण सम्पन्न हुँदै गरेको धरहरा टावर नियालेका थिए । नेता नेपालले बुधबार पनि अध्यक्ष ओलीसँग संवाद गरेका थिए ।

– कारोवार

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय