शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलन भित्र प्रतिक्रियावाद घुसेको बताए ।

लेनिन दिवसको अवसरमा पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै दाहालले नेपाली कम्युनिष्ट आन्दोलनमा प्रतिक्रियावादी शक्ति घुसेको बताए । कम्युनिष्टहरूको एकतालाई नरुचाउने शक्तिले प्रतिगामी सोच भएकाहरूलाई साथ लिएर टुक्राउन खोजेको आरोप पनि लगाए ।

कम्युनिष्ट आन्दोलनलाई बचाई राख्न एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको पनि बताए । अहिले बाहिर भनिए जस्तो नेकपा माओवादी केन्द्र कमजोर नभएको पनि बताए ।

तर पार्टीलाई बलियो बनाउने गरी काम गर्नुपर्ने आवश्यकता रहेको पनि अध्यक्ष दाहालले भने ।

अहिले पनि छरिएर रहेका कम्युनिष्ट घटकहरूलाई एकताबद्ध बनाउन आवश्यक रहेको बताउँदै उनले भने, ‘अरू कम्युनिष्ट आन्दोलनमा लागेका क्रान्तिकारीहरूलाई एकतावद्ध गर्ने, अहिले जबरजस्ती प्रतिक्रियावादी अवसरवादीले विभाजित गरेका कम्युनिष्टहरूलाई पनि एकताबद्ध गर्ने, मोर्चाबद्ध गर्ने भूमिका छोडन हुँदैन ।

गल्ति भएको थियो कि एकता गर्ने भन्ने सचेचियो भने गलत हन्छ । हामीले एकता गरेर गल्ति गरको होइन । हामीले विल्कुलै सही गरेका थियौं । अहिले शक्ति सन्तुलन हाम्रो पक्षमा नभएको हुँदा विभाजन रोक्न सकिएन तर हामी पराजित भएको होइन ।

हामीले पार्टी एकता गर्दा सबैलाई कमाण्ड गरेका थियौं । गलत प्रवृतिको नायकलाई गलत्याएका थियौं । तर विदेशी शक्तिको आडमा कानून मिच्ने, संविधान मिच्ने सबै मूल्य मान्यता मिच्ने काम भएको छ । यो कुरा नेपाली जनताले बुझ्ेको छ ।’

कार्यक्रममा अध्यक्ष दाहालले प्रतिक्रियावादीको विरुद्ध सबै संघर्ष गर्न आवश्यक रहेको बताए । अझै पनि कम्युनिष्ट आन्दोलनको एकताको झण्डा उठाउन छोडन नहुने बताए । पार्टीका सबै नेता कार्यकर्ताहरूलाई जनतामा गएर काम गर्न र राष्ट्रलाई एकताबद्ध बनाउन पनि आह्वान गरे ।

– कारोवार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय