बुधबार , बैसाख १२, २०८१

 

आईसीसी विश्वकप छनोटमा प्रवेश गर्न बिहीबार नेपालले यूएईलाई हराउनै पर्ने खेलमा नेपालले ३११ रनको विशला लक्ष्य पाएको थियो ।

 

काठमाडौंको मौसम खराब रहँदा पूरै खेल हुने सम्भावना कम थियो । विशाल लक्ष्य पछ्याएको नेपालले सुरुमै लगातार तीन विकेट गुमाएको थियो ।तर नेपाली ब्याटरले त्यो दबाब नलिई आवश्यक रनरेटमै रन बनाउँदै गए ।

 

 

तर खेल जब नजिक नजिक पुग्यो कीर्तिपुरको आकाशमाथि बादल मडारिरहेको थियो । समय पनि घर्किँदै थियो । नेपालले ४१ ओभरको समाप्तीमा ६ विकेट गुमाएर २३५ रन बनाएको थियो ।नेपाललाई जितका लागि अझै ९ ओभरमा ७६ रन आवश्यक थियो । पानीका थोपा परिसकेका थिए । यतिबेला खेल रोकिँदा नेपाल पराजित हुने निश्चित थियो ।

 

 

यूएईका कप्तान मुहम्मद वसिमले मैदानमा ढिला गरिरहेका थिए । उनी वर्षा कुरिरहेका थिए ।वर्षा भए जित्ने रणनीति उनले बनाएका थिए ।र उनी ४२ औँ ओभरमा आफैँ बलिङ गर्न आए । बलिङ गर्न आउँदा पनि उनले समय लिएका थिए । वसिमले ४२ औँ ओभर बलिङ गर्दा स्ट्राइकमा गुल्सन झा थिए ।

 

 

उनी त्यतिबेला ३६ बलम २५ रन बनाएर खेलिरहेका थिए । वसिमको पहिलो बलमा झाले रन बनाउन सकेनन् ।त्यसपछि भने उनी रोकिएनन् । उनले वसिमको दोस्रो बलमा दुई रन लिए । तेस्रो बलमा छक्का प्रहार गरे । त्यसपछि लगातार तीन चौका हाने । वसिमले खेलमा एक मात्र ओभर बलिङ गरेका थिए । झाले वसिमको एकै ओभरमा २० रन जोडे ।

 

 

४२ ओभरकोखेल सकिँदा नेपालले ६ विकेटमा २५५ रन बनायो । यसै ओभरले नेपाललाई डीएल मेथडमा अगाडि ल्यायो । खेल ४४ ओभरमा समाप्त हुँदा नेपाल ९ रनले अगाडि भयो । र नेपालले ऐतिहासिक जितका साथ जिम्बाबेमा हुने विश्वकप छनोट खेल्ने पक्का गर्‍यो ।के हो ‘डीएल मेथड’ ?कतिपयलाई डीएल मेथडबारे जानकारी नहुन सक्छ । तर क्रिकेटका फ्यानहरूलाई यो नियमबारे जानकारी हुनसक्छ ।

 

 

यो नियम सुरुमा १९९७ मा जिम्बाबे र इंग्ल्यान्डबीचको खेलमा लागू गरिएको थियो । पछि अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सन् १९९९ मा यो नियमलाई औपचारिक रुपमा लागू गरेको हो ।भौगोलिक तथा प्राकृतिक कारणले खेलमा प्रभाव पारेको खण्डमा खेललाई निर्णयसम्म पुर्‍याउन डकवर्थ लुइसको प्रयोग गरिन्छ ।

 

 

सोही नियम बिहीबार त्रिवि क्रिकेट मैदानमा नेपाल र यूएईबीचको खेलको नतिजा घोषणाा गरिएको हो ।यस पद्धतिमा पहिले ब्याटिङ गर्ने टोलीलाई आर १ तथा दोस्रो इनिङ्समा ब्याटिङ गर्ने टोलीलाई आर २ का रुपमा मानिन्छ ।निर्णयका लागि विभिन्न तीन फरक पद्धतिबाट यसको गणना गरिन्छ ।

 

 

टिम २ को रन औषत टिम १ को भन्दा कमजोर रहेको अवस्थामा पावर प्लेमा प्रहार गरेको रनरेटको औषतलाई समेत गणना गरी विकेटको अवस्थालाई पनि हिसाबको पाटोको रुपमा गणना गरिन्छ ।

 

 

डीएल मेथड ५ देखि ५० ओभरको खेलमा प्रयोग गरिन्छ । जसका लागि शेष विकेट महत्वपूर्ण पाटोका रुपमा रहेको हुन्छ । टोनी लुईस र फ्रान्क डकवर्थले संयुक्त रुपमा यो नियमको प्रतिपादन गरेका थिए । लुइसले डकवर्थसँगको सहकार्यकामा लिमिटेड ओभरको क्रिकेटमा वर्षाले प्रभावित भएमा नयाँ लक्ष्य दिनका लागि डकवर्थ एण्ड लुइसको नियम बनाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय