शुक्रबार , चैत्र १६, २०८०

फेरी सरकारमा गयो रास्वपा! १२ भाईका जेठा भाईको हरी बेजोक बैंक खाता नै रोका ।।

र यो पनि

अहिले सामाजिक सञ्जालमा एउटा बिषय निकै तातिरहेको छ । यु ट्यवमा जे पायो त्यही बोलेर भाईरल भएकी अभियान्ता भनिने सर्मिला वाईवा, चर्चित पत्रकार क्रषि धमला र सन्तोष देउजा बिबाद झनै चुलिएको छ ।

 

यो बिबाद चर्चित पत्रकार रवि लामिछानेले १२ भाई पत्रकारको नाम लिए सँगै थप चुलिएको हो । लामिछानले नेपाली मिडियालाई बिभिन्न आरोप लगाएसँगै पत्रकार धमलाले आफुलाई ज्वरो आएको बताएका थिए,

 

त्यसपछि सर्मिला आईवा ज्वरो अझै बढ्ने भन्दै बिभिन्न फोटो र सँगै बसेको बताएपछि एका एक यो कुरा एक कान दुइ कान हुदै मैदान भएको हो । यो बिषय सेलाउला भन्दा सामाजिक सञ्जालमा झन धेरै तातिएको हो ।

 

यस बिचमा धेरै गतिबिधीहरु भए त्यसपछि अहिले एक यु ट्युवमा सर्मिला वाईवाले बिभिन्न आरोप लगाएका छन । बिशेष गरि पत्रकार क्रषि धमला र अर्का यु ट्युवर सन्तोष देउजालाई बिभिन्न घृनित आरोप उनले लगाएकी छिन ।

 

अब हेरौ उनले लगाएका आरोप उनको कुराकानीमा जस्ताको त्यस्तै:

 

आत्मविश्वास बढाउँदै यूएई

 

काठमाडौँ — आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम खेल अगाडि यूएईले त्यसको तयारी जित आत्मसात गरेको छ । पूरा शृंखलाकै अन्तिम खेलमा बिहीबार यूएईले नेपालको सामना गर्दै छ । त्यसको ठीकअघि आत्मविश्वास बढाउने र सहानुभूति बटुल्ने जितका रूपमा यूएईले पपुवा न्युगिनी (पीएनजी) लाई ६ विकेटले हराएको हो । यी दुई टिमबीच यसअघिका पछिल्ला खेलमा पीएनजी हाबी थियो । तर, अन्तिम खेलमा जित भने यूएईको रह्यो ।

 

यो खेलसँगै पीएनजीले आफ्नो ३६ औं खेल खेल्यो । प्रतियोगिताबाट पुछारमा रहेर बिदा लियो । पीएनजीले जम्माजम्मी पाँचै खेलमात्र जित्न सक्यो । खातामा ११ अंकसहित सात टिममध्ये अन्तिम स्थानमा रह्यो ।

 

यूएईको भने ३५ खेलबाट ३३ अंक भएको छ । तर, यो जितले प्रतियोगिताको अंक तालिकामा कुनै प्रभाव पर्ने छैन । त्यसैले यूएईका खेलाडी यस जितमा खासै खुसी देखिएनन्, शारीरिक प्रस्तुति पनि सकारात्मक देखिएन ।

 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पीएनजीले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । यसक्रममा ७ विकेट गुमाएर २ सय ३४ रन बनायो ।

 

सुस्त सुरुआतका बावजुत पीएनजी सम्मानजक स्कोर भने खडा गर्न सफल रह्यो । टिमले २२ रन बनाउँदासम्म २ विकेट गुमाएको पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ६५ रन बनाए । उनले ९२ बलको इनिङ्समा सम्हालिएर ६ चौका तथा १ छक्का प्रहार गरे ।त्यसपछि टिमका लागि गतिलो योगदान नोरमन भानुआले दिए । उनले ३१ बलमात्र उपयोग गरेर ४९ रन बनाए । उनी अर्धशतकबाट त चुके पनि अविजित रहन सफल रहे । उनको इनिङ्सको सबैभन्दा ठूलो विशेषता भन्नु नै ५ छक्का रह्यो ।

 

उनले एक चौका पनि प्रहार गरे । रिले हेकुरेको ३३ रन उत्तिकै उपयोगी साबित भयो । उनले २२ बल खेल्दै तीन चौका र दुई छक्का प्रहार गरे । यूएईका बलरमध्ये हजरत बिलालले ४७ रनमा ४ विकेट लिए ।

 

जवाफमा यूएईले ३८.४ ओभरमा ४ विकेट गुमाएर २ सय ३६ रन बनाएर आरामदायी जित आत्मसात् गर्‍यो । जितका नायक रहे, कप्तान मोहम्मद वासिम । उनले ७६ बलमा १ सय १९ रनको उत्कृष्ट प्रदर्शन गरे ।

 

उनले ६ चौका र १२ छक्का प्रहार गरे । यही आँकडाले पनि देखाउँछ, उनी पीनएजीका बलरमाथि कति धेरै हाबी रहे । उनले २९ बलमा ५० रन बनाए भने आफ्नो सय रन ६० बलमै पूरा गरे । उनी खेलका निर्विवाद प्लेयर अफ द म्याच रहे ।

 

वासिमले वृत्य अरविन्दसँग दोस्रो विकेटका लागि १ सय २५ रनको साझेदारी गरे । यसले यूएईको जित आधार तयार पारेको थियो । वृत्यले ३३ रन बनाए । उनले पनि ५ चौका प्रहार गरे । त्यसबाहेक चुन्डनगपोयिल रिजवानले अविजित २९ रन बनाए ।

 

आयान अफजल खानले २७ रनको योगदान दिए । पीएनजीका लगभग सबै बलर महँगा साबित भए । त्यसमध्ये हेकुरे केही प्रभावशाली रहे । उनले २४ रनमा २ विकेट हात पारे ।

 

१० दलको बालुवाटार बैठक निष्कर्षविहीन, बिहीबार फेरि बस्ने

 

काठमाडौँ — उपराष्ट्रपति निर्वाचनबारे समझदारी कायम गर्न भन्दै बसेको १० दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठक भोलि (बिहीबार) बस्ने गरी टुंगिएको नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिए ।

 

‘विशेषत: उपराष्ट्रपति निर्वाचनमा १० दलबीच समझदारी कायम गर्ने विषयमा छलफल भएको थियो । छलफल सकारात्मक भएको छ । भोलि यो विषयमा बसेर एउटा धारणा बनाइने छ,’ बैठकपछि नेता बस्नेतले भने, ‘छुट्टाछुट्टै छलफल गरेर आवश्यकताअनुसार समूह-समूहमा छलफल गर्ने भन्ने भएको छ ।’

 

उनले केही दिनपछि सुरु हुने संसद् बैठकबारे पनि सामान्य छलफल भएको जानकारी दिए । बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु शाहलगायत थिए ।

 

शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका लागि गठबन्धनबाट ३ र एमाले तर्फबाट १ उम्मेदवार छन् । सत्ता साझेदार दल जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव, प्रमिलाकुमारी यादव, जनमतबाट ममता झा र एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिका उम्मेदवार छन् । उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय