बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार जनकपुरमा नेता कार्यकर्ताहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

भेटमा आफूले जेठ २ गतेमा फर्कौँभन्दा उनी नमानेको नेता नेपालको भनाइ थियो । निर्णय गरेर गइसकेकाले आफू पछाडि फर्किन नचाहेको ओलीले भनेको उनको बताए । ओलीले आफूलाई उल्टो प्रश्न गरेको बताए ।

उनले जेठ २ मा फर्काउभन्दा तपाईहरु किन आउनु भएन भनेर प्रश्न गर्नु भयो ? आफूले प्रतिप्रश्नमा तपाईले बोलाउनुभयो र ? भन्दा ओलीले तपाईँहरुको मोबाइल बिग्रिएको थियो होला भनेर टारेको बताए ।

उनले वार्तामा पार्टी एकताको पक्षमा ओली नदेखिएको बताए । उनले आए आइज नभए जानलाई बाटो खुला छ, भने जस्तो व्यवहार गरेको बताए । उनले ओलीले बालुवाटार, बालकोटलगायतका ठाउँमा बोलाएकाले आफू नगएको उनको भनाइ थियो ।

यो पनि पढ्नुहोस् ।

एमाले बैठक बालुवाटारमा सुरु – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण पत्रबारे निर्णय गर्ने बुझिएको छ ।

गएको ६ वैशाखको बैठकबाट निर्णय गराएर अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसहित २७ संघीय सांसद र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए । जसमध्य खनाल नेपालसहित केही सांसदले स्पष्टीकरण पनि बुझाइसकेका छन् । एमाले संसदीय दल प्रमुख सचेतक विशाल भट्टराईले उनीहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडी बढाइने बताएका थिए ।

यसबाहेक नेताहरुको कार्यविभाजन, उपनिर्वाचन, प्रदेश सरकार लगायतबारे छलफल गर्ने कार्यसूची तय भएको छ ।

– राजधानी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय