बिहिबार , बैसाख १३, २०८१

काठमाण्डौं

जर्जियाका सभामुख अर्चिल तलाक्भाडजले पदबाट राजीनामा दिने घोषणा गरेका छत् । ‘सत्तारुढ दल र विपक्षी दलका बीचमा सम्झौता गराउने पटक पटक प्रयास गर्दा पनि नभएपछि राजीनामा दिनु उचित ठानेर राजीनामा दिन लागेको हुँ’, उनले भने ।

सकेसम्म तटस्थ भूमिका खेल्न खोज्दा पनि आफूलाई गाह्रो मानिएकाले जिम्मेवारीमा बसिरहन नसकेको उनले बताएका छन् ।

सत्तारुढ दल जर्जियाली ड्रिम पार्टीका अध्यक्ष इराक्ली कोबाखीजका अनुसार सभामुखको जिम्मेवारी काखा कुचाभलाई दिने तयारी भएको छ । तलाक्भाडज सभामुख रहेका बेला कुचाभ उपसभामुख रहेका छन् ।

उनी सन् २०१६ देखि सत्तारुढ दलको सांसद समेत हुन् ।

यो पनि पढ्नुहोस् ।

सीसीएमसीकाे बैठक बस्दै – प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना महामारीको पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ गरेपछि आज कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठक बोलाइएको छ । बैठक अहिले ३ बजे बस्दैछ ।

हिजो प्रधानमन्त्रीसँगको छलफलमा सीसीएमसीका अधिकारीहरुले कोरोना संक्रमण बढी देखिएका क्षेत्रहरुमा चेन ब्रेक गर्न रणनीति अपनाउन सुझाव दिएका थिए ।

सहरी क्षेत्रमा भिडभाड कम गर्न र हटस्पटमा लकडाउन गर्न सीसीएमसीले सुझाव दिएको थियो ।

प्रधानमन्त्रीले ब्रिफिङ गरिएको विषयमा छलफलगरी प्रस्ताव तयार गर्न र सो प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्न भनेका थिए । बैठकबाट लकडाउन गर्नुपर्ने निष्कर्ष निस्किए निर्णयका लागि सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय