बिहिबार , बैसाख १३, २०८१

नेकपा एमालेले माधव नेपाल पक्षका सांसदहरुमाथि कारवाही गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ । सरकारविरुद्ध आउन सक्ने अविश्वासको प्रस्ताव र नेपाल पक्षले फ्लोर क्रस गर्ने सम्भावना रहेकाले त्यसको अध्ययन गरी कारवाहीको जिम्मा स्थायी कमिटीलाई दिइएको हो ।

क—कसलाई कारवाही अघि बढाउने भन्ने प्रस्ताव तयार पार्ने जिम्मा स्थायी कमिटीलाई दिइएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । पार्टीभित्रबाटै फ्लोर क्रस हुनसक्ने बारे सुक्ष्म अध्ययन भइरहेको जनाएको छ ।

ज्ञवालीले स्पष्टीकरण बुझाएका सांसदहरूबारे स्थायी कमिटीले आवश्यक प्रस्ताव तयार गरिरहेको बताए । आजको बैठकले कारवाही सम्बन्धी कुनै निर्णय नलिएको उनले बताए ।

कर्णालीको जस्तै अवस्थामा सम्भावना भएमा जस्तोसुकै कदम चाल्न पनि आफुहरु तयार रहेको उनले बताए ।

यो पनि पढ्नुहोस् ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रुपमा पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् ।

माओवादी लगायतका दलले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि ओलीले बैठक बोलाएका हुन् । अविश्वासको प्रस्तावमा माधव नेपाल पक्ष फ्लोर क्रस गर्ने सम्भावना बढ्दै गएपनि कारवाहीका लागि बैठक बोलाइएको बालुवाटार स्रोतले बताएको छ ।

माधव नेपाल, भीम रावलसहित निलम्वित चार र अन्य नेतामाथि समेत थप कारवाही गर्ने तयारी ओलीको छ ।

बैठकले स्पष्टीकरण सोधिएका सांसदहरुमाथि कारवाही प्रक्रिया अघि बढाउन लागेको हो । तर कस्तो प्रकृतिको कारवाही हुने भन्ने विषय प्रष्ट भइसकेको छैन् ।

एमालेको विधानले दललाई तत्कालै कुनै ठूलो हानी हुने अवस्था आएमा सांसदलाई ६ महिनासम्म निलम्बन गर्न सक्ने अधिकार दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय