मंगलबार , चैत्र ६, २०८०

आए ऋषि धमला रुदै रुदै मिडियामा वि*वादपछि यस्तो अबस्थामा देखिए । हेर्नुहोस भिडीयो सहित्

 

 

 

 

 

 

रबीकि पुर्व पत्नीको नाम इशा नभै अर्कै भएको खुलासा, इशा गुरुङले खोलिन वास्तविक नाम !

समाचार

December 31, 2022AdminLeave A CommentOn रबीकि पुर्व पत्नीको नाम इशा नभै अर्कै भएको खुलासा, इशा गुरुङले खोलिन वास्तविक नाम !

इशा लामिछाने बहिनिको असली नाम ईश्वरी श्रेष्ठ हो , मेरो घोर आपात्ति छ : समाज सेवी इशा गुरुङ्

 

प्रकाशित मिति । १६ पुस, २०७९ ।

 

एच. बी ताम्राकार, जापान । देशमा आवाज विहीन हरुको आवाजको रुपमा एकढिक्का भएर अगाडी बढ्दै गरेका युवा पत्रकार रवि लामिछाने लाई गिराउनु विभिन्न अराज’क तत्व लागेको प्रति चिरपरिचित समाज सेवी इशा गुरुङले घोर विरो’ध गरेकी छन् ।

 

ओएस नेपाल संग को विशेष कुराकानिका क्रममा गुरुङले भनिन् ‘ इशा लामिछाने बहिनि प्रति मेरो घोर आपात्ति छ । ‘ अमेरिका वासी इशा श्रेष्ठलाई आक्रमण गर्दै भन्नु भयो , ‘ हजुरको असली नाउ हो इश्वरी श्रेष्ठ ।

 

हजुरको रबी लामिछाने सँग कानुनी रूपमा सम्बन्ध बिच्छेद भइसकेको छ । अझै हजुरले लामिछाने थर किन राख्नु भयो ? र किन छोरीहरूको उज्जल भबिस्यलाइ ख्याल नगरी परिवारिक कुरा यसरी बाहिर ल्याउनु भयो ?

 

दोस्रो प्रसंग थप्दै उनले भनिन् , ‘यदि हजुर एक असल आमा हो भने यसरी एक बाबा प्रति यति धेरै आरोप लगाउन हुदैन थियो ।हजुरलाइ रबी जी प्रति आरिस जलन अबस्य भएकै हो तर आमाको कर्तब्य हजुरले बिर्सनु भयो । हजुरलाइ आखिर फाइदा केहि मिल्यो ?’

 

इशा लामीछानेले केहि पत्रकार को सहयोगमा रवि लामिछानेको वेईजत गर्न न्वारन देखीको बल लगाएको आरोप धेरैले लगाएका छन् ।

 

काठमाडौंमा फुलेको नीलकुरिन्जी

 

यथार्थ र स्वैरकल्पनाको फ्युजनमा बुनिएको ‘एक्लो’ मा गाउँबाट काठमाडौं पस्ने धेरैजसोले आफूलाई भेट्टाउन सक्छन् । कथाको गहिराइमा पुग्न सायद कथासित कहीं कतै जोडिनुपर्छ भन्ने लेखकीय आग्रह पनि छँदै छ ।

 

‘एक्लो’ पढुन्जेल काठमाडौं घमाइलो भइरह्यो । दुई–चार अध्याय पढेपछि पुसका दिन फासफुस भइजाने रहेछन् । लामो अन्तरालपछि पहिलोचोटि एक साता लगाएर यस्तो औपन्यासिक ठेली सफलतापूर्वक छिचोल्न सकेकामा मात्र होइन, रचनाको रोमाञ्च वा आत्मतृप्तिजस्तो केही भेट्न सकेकामा आफैंलाई एकफेर धन्यवाद भनूँजस्तो पनि लाग्यो ।

 

अझ खुलस्त भन्दा, बुद्धिसागरले उत्पातै उपन्यास लेखेछन् भनेर होइन, सामाजिक सञ्जालमा आइरहेका शृंखलाबद्ध वन्दना र आलोचनाका कारण पाठकीय चौचौलाई थाम्न नसकी ‘एक्लो’ पढ्न एक्लिएको थिएँ । पढ्दापढ्दै कताकता डोपोमिन हार्मोन ह्वात्तै बढेजस्तो लाग्यो । काठमाडौंको विस्मयकारी कथा अनि बुद्धिसागरको मनोहारी र कौतुकमय गद्यको प्रभाव वा ठाउँठाउँमा परेका आप्त वचनले हुरुक्कै पारेर नै होला ।

 

सात वर्षपछिको उपन्यासमा पनि बुद्धिसागरले आफैंलाई वा आफ्नै छायाछविलाई मुख्यपात्र बनाएका छन् । निजी संस्मरणलाई उपन्यास बनाउने धन्दा छाडेका छैनन् । तर, मैले बुद्धिसागरसँग आफ्नाबाहेक कुनै कथा छैनन् भनेर गर्जनेभन्दा पनि बुद्धिसागरले अरूका कथालाई भाउ दिँदैनन् भनेर चित्त बुझाएँ । यस्तो लाग्यो, उनले हाम्रै रुचिलाई सम्मान गरेका हुन् । हामीले यस्तै कथालाई पटकपटक मन पराइदियौं त उनी किन नहौसिऊन् ?

 

नेपाली साहित्यको हकमा ‘बुद्धिसागर वन्दना’ लेखौं वा ‘बुद्धिसागर आलोचना’, पुरस्कार दिऊँ वा नदिऊँ, त्यसले केही फरक नपर्ने लेखक हुन् उनी । समीक्षा लेखे पनि सेलेब्रिटी, नलेखे पनि बेस्ट सेलर । त्यसैकारण अरू र बुद्धिसागरबीच संयोजक चिह्न र विश्लेष चिह्नजत्ति फरक भइसकेको छ । हिजोआज प्रायः पुस्तक वार्तामा हेर्नुस् त– कहीं न कहीं ‘कर्नाली ब्लुज’ घुसेकै हुन्छ ।

 

पक्कै पनि भीमकाय छ, ‘एक्लो’ (४९४) । यो ‘कर्नाली ब्लुज’ (४२३ पृष्ठ) भन्दा मोटो छ । तर ‘फिरफिरे’ (५८३) भन्दा पातलै छ । सिने व्याकरणमा डिटेलिङ भनिने शैलीमा लेख्ने बुद्धिसागर यस अर्थमा संयमित भएकै रहेछन् । उनका १३ वर्षका तीन उपन्यासमध्ये यो छरितो छ र केही गतिलो पनि ।

 

एक मामुली मानिसको काठमाडौं–कथा हो, ‘एक्लो’ । मुख्यपात्र सिरी नितान्त एक्लो छ । घट्टेकुलो, मैतीदेवी, अनामनगर, प्रदर्शनी मार्ग, ठमेल, सिनामंगल सेरोफेरोमा उसको कोही छैन । आफूभित्र उर्लिरहेको आँधी देखाउन पनि कोही छैन । साथी बनाउन पनि सकेको छैन । उसको संसारमा सिर्फ ऊ र उसको छाया छन् । सहरमा ऊजस्ता एक्लाएक्ला मिलेर भीड बन्छ, ऊजस्ताको मौनता जोडिएर कोलाहल बन्छ । बस् ।

 

ऊ कति भयानक एक्लो छ भने आफू फेला नपर्ने गरी हराइहाले पनि खोजिहिँड्ने कोही छैन । उसले भनेको छ, ‘सहरमा एक्लो हुनुको अर्थ रहेछ– आफू हराउनु तर कसैले पनि नखोज्नु । आफ्नो नाम काढेर बोलाउने कोही नहुनु । भ्रमको संसारबाट बाहिर तानिदिने कोही नहुनु ।’

 

कुनै महत्त्वाकांक्षी मुकाममा पुग्ने सपना नपालेको २१ वर्षे ठिटो सिरी घट्टेकुलोमा डेरा गरेर एकलकाँटे जीवन बिताइरहेको छ । उसको जीवनको पनि कुनै टुंगो छैन । घुसघुसे, निमुखा वा आउटसाइडरजस्तो भएर पाँच वर्ष बितायो । तर, पाँच वर्षसम्म पनि आईए पार लगाउन सकेको छैन । बाबुले टिटी पठाइदिए कि भनेर हरेक महिना पुतलीसडकको राष्ट्रिय वाणिज्य बैंकको मोटो ढड्डा पल्टाउन पुग्छ ।

 

सिरीले गाउँ छाडेको छ, तर सहरिया बनेको छैन । उसको एककोठे उदास संसारमा दस ब्यान्डको कालो रेडियोले झंकार ल्याइदिएको छ । रेडियोको सातौं ब्यान्डमा एक युवक र युवतीको फोन संवाद सुन्ने लतमा परेको छ । अर्थिङ भएर रेडियोमा आउने त्यो फोन संवादमा फ्रेन्च भाषा सिकेकी समीरा अनि उसको आर्किटेक्ट ब्यायफ्रेन्ड नीललाई पर्खिरहनु उसको काम भएको छ ।

 

दिनभरि रेडियो सुनेर बस्ने एक ‘फ्रस्टेसनको देउता’ सिरी बिस्तारै युवतीको शब्द र सासमा कामुकित हुँदै जान्छ । आवाज एडिक्सनमा फसेको सिरी यसरी सम्झिन्छ, ‘जब ऊ नीलसित प्रेमका कुरा गर्थी, उसको आवाजको रफ्तार धीमा हुन्थ्यो, जसलाई म आकाशबाट झरिरहेको चराको प्वाँखसित तुलना गर्थें, ढलपलाउँदै ढलपलाउँदै धरतीमा झरिरहेको, एकदमै हलुका ।’ सातौं ब्यान्ड उपन्यासको गमक मात्र होइन, आत्मा नै हो ।

 

केटो भन्छ– साइको । केटी भन्छे– मलाई यस्तै साइकी मन पर्छ ।

 

साँच्चै भन्ने हो ‘एक्लो’ सिरीजस्ता थुप्रै डेरावालहरूको साझा कथा हो । धनकुटाबाट आएर काठमाडौंमा नाइट ट्याक्सी चलाउने सूर्यबहादुर, फिल्मको रिलको डब्बा मोटरसाइकलको सिटमा बाँधेर १५ मिनेटको समयसीमाभित्र एउटा हलदेखि अर्को हलसम्म स्पिडले पुर्‍याउने आदि, अश्लील पुस्तकहरू चोरेर छाप्ने धन्दा गरिरहेको टोप आदि इत्यादि ।

 

‘एक्लो’ ले माओवादी द्वन्द्वको कठोर कालखण्डलाई पनि महत्त्व दिएको छ । खासगरी २०५६ देखि २०६२/२०६३ सम्मको पृष्ठभूमिमा यसको कथानक उभिएको छ । राज्य र विद्रोही पक्षको जोर बन्दुकको छायामा सर्वसाधारणको जिन्दगी कति कष्टकर थियो भन्ने छनक यसले देखाउँछ । विद्रोहीले टेलिफोन टावर ढालेपछि गाउँका मानिसहरू बेखबर बाँचेका छन् । स्कुलमै दोहोरो भिडन्त छ । गस्तीमा असर गर्छ भनेर सिरीको बाले मुरली बजाउन पाएको छैन । हिँडडुल मुस्किल छ । आर्मी–पुलिस नै ब्यारेकबाट भागेका छन् ।

 

सिरी आफूलाई पढ्न बसेको विद्यार्थी भन्छ । तर, न पढेको देखिन्छ, न त कलेज गएको । पुलिसलाई कसैले चुक्ली लगाइदेला भनेर भयभीत छ । ट्याक्सी ड्राइभर सूर्यबहादुरले धम्काएको छ, ‘तिमी माओवादी हौ कि भन्ने शंका लागेको छ मलाई । यसरी वर्षौं कोही त्यत्तिकै काठमाडौंमा बस्न सक्दैन ! केही रहस्य त पक्कै छ ।’

 

उपन्यासमा आईए कटाउन नसकेको अर्को लक्का जवान पनि छ, टोप । ऊ काठमाडौंमा आफ्नै बर्कतले बाँचेको छ । तर, सिरी आईए पास गरेर बीए पढेको नक्कली रवाफमा छ । उसले टोपलाई मात्र होइन, बाबुआमालाई समेत त्यसरी नै ढाँटेको छ । वास्तविक कुरा थाहा पाए खर्चपानी बन्द होला भनेर भित्रभित्रै आतंकित छ । कान्छा बाबुले काठमाडौं आउँदा बीए पास गरेको भन्ठानेर ‘आरामै हुनुहुन्छ छोरा’ भन्दै ढोगेको छ । ‘सात पुस्तालाई धन्य बनाइदिनुभयो’ भन्छ ।

 

टोपले सिरीलाई एक रातको कथा, जवानीको ज्वाला, प्यासी जवानीमार्का पुस्तक लेखिदिन बैना मारेको छ । त्यो काम स्वीकार नगरेपछि प्रुफ पढ्ने काम मिलाएको छ । टोप अश्लील पुस्तक पाइरेसी गरेबापत जेल पुगेको छ । जानुकासँग छुटानामपछि अश्लील किताबको धन्दा छाडेर गेरुवस्त्रमा गीता बेचिरहेको छ ।

 

यो मात्र होइन, भाषा मिलाउने काम गर्ने सिरी नै मुख्यपात्र भएको उपन्यासमा भाषिक एकरूपता पाउन नसक्नु पनि परिहासै हो । कथावस्तुका लहराले धेरै विषय छोएका छन् । दरबार हत्याकाण्डजस्तो मुटु कोक्याउने घटना पनि उपन्यासको क्यानभासमा समेटिएको छ । विद्यार्थी राजनीति अर्को विद्रूप पाटो हो । राजाको प्रत्यक्ष शासन मात्र होइन, गाउँबाट सहर पस्ने लस्करका कारण फस्टाएको जग्गा दलाली, लोडसेडिङ आदि विषय पनि छन् ।

 

दैलोमा आठ हजारको जुत्ता फेला पारेको अनि डिल्लीबजार उकालोमा नोटको बिटो भेटेको, घरबेटीले महिनौं कोठा खाली गरेको कुरा कतिपयलाई अस्वाभाविक लाग्छ । तर, आख्यान भनेकै यस्तै कल्पनाशीलताको जोडकोण त हो । भएका कुरा नै खोज्ने हो भने आख्यान किन पढ्ने ? उपन्यासकारले भनेजस्तै कथाको संसार बेग्लै हो, जहाँ घाम र जून एकैचोटि झुल्किन सक्छन् ।

 

यस्ता बिरलाकोटि घटनाले आख्यान पठनको उत्साह बढाउँछ । तर, त्यो विश्वसनीय हुनैपर्छ । पाठकले पत्याएन भने लेखक सफल मानिँदैन । पत्रकारका समाचार/फिचर, इतिहासका ठेली, एनजीओ आईएनजीका रिपोर्ट, समाजशास्त्रीका थेसिस, प्रहरीका घटना/मुचुल्का आदिमा अक्सरः भएकै कुरा हुन्छन् । तिनलाई त्यति रुचिसाथ कमै पढिन्छ । नोटको बिटो र इँटा रङको जुत्ता भाग्यमानीले भेट्ने त हो नि ।

 

बुद्धिसागरको उपन्यासमा संयोगहरूको शृंखला लामै हुन्छ । पाँच महिना खर्चपानी रोकिएको सिरीलाई आमा, दाइ र बा एकले अर्कालाई थाहा नदिई सुटुक्क सोच्दै नसोचेको पैसा एकैचोटि पठाउँछन् । ‘एक्लो’ भनिएको उसले फुर्ती पनि लडाउँछ, ‘म सहरमा ‘एक्लो’ हुँला । तर संसारमा ‘एक्लो’ छैन । यो सहरको जुन बाटो हिँडेर गए पनि त्यसको टुप्पो मेरै आँगनमा जोडिन्छ ।’ साथी प्रकाशको मृत्युपछि आदि मोहिनीलाई अपनाउँछ ।

 

यथार्थ र स्वैरकल्पनाको फ्युजनमा बुनिएको यो उपन्यासमा गाउँबाट काठमाडौं पस्ने धेरैजसोले आफूलाई भेट्टाउन सक्छन् । कथाको गहिराइमा पुग्न सायद कथासित कहीँ कतै जोडिनुपर्छ भन्ने लेखकीय आग्रह पनि छँदै छ । काठमाडौंमा घरधनी पनि उत्तिकै समस्यामा छन् । छोरा अमेरिका भासिएपछि घरबेटी बाआमा एक्लिएका छन् । स्लिपिङ ट्याब्लेट खाएर सुत्नुपरेको छ ।

 

अझ छोराले अम्रिकाने केटीसँग घरजम गरेपछि भगवान् नमिल्नेसित कसरी घरजम हुन्छ भन्दै निराश भएका छन् । तर, उपन्यासमा ‘शोकाकुल’ देखिन्छन् । छोराले विधर्मीसँग विवाह गर्दा आक्रोशित त होलान्, विस्मित वा स्तब्धित होलान् तर शोकाकुल कसरी हुन्छन् ? यसलाई भाषागत विचलन भन्नैपर्छ । छोराको बिहेको ४५ औं दिनको प्रसंग पनि आएको छ । शोकमा पो पैतालिसौं पुण्यतिथि होला । विवाहको कसरी ? यस्ता बाङ्गा प्रश्न बुद्धिसागरलाई गर्न नसकिने होइन ।

 

एउटा प्रसंगमा कान्छा बाले भनेको छ, ‘दाइको जीवन सार्थक भयो । तपाईंजस्तो असल छोरा पाउनुभयो । दाइको वैकुण्ठबास हुन्छ । म खुसी भएँ, अब म गाउँमा हाम्रो छोरा काठमाडौंमा जागिरे भा’छन् भनेर ढ्वाङ फुक्दै हिँड्छु ।’ यी संवाद पढ्दा लाग्छ, सिरीका बाले जिन्दगीबाट अवकाश लिइसकेछन् । तर, लगत्तै अर्को पृष्ठमा तिनै बाले फोन गर्छन् । जिउँदै मानिसको प्रसंगमा वैकुण्ठबासको प्रसंग आउनु अलिक असावधानी नै हो ।

 

आफ्नो कथालाई एकछिन पर छाडिदिने हो भने बुद्धिसागर गाउँको कथाबाट सहर छिरेका छन् । बाल्यकालीन भुइँ छाडेर वयस्क भएका छन् । कर्नाली ब्लुजमा कालीकोटदेखि जुम्लासम्म थिए, फिरफिरेमा नेपालगन्जमा थिए । अहिले काठमाडौंमै रत्तिएका छन् ।

 

फिरफिरेमा बोक्सी, धामी, झाँक्रीका चमत्कारी प्रसंग थिए । अहिले बिजुलीको पोलमा बाँदरसरि चढ्ने भूत अनि ट्याक्सी ड्राइभर–किचकन्नी सम्भोग अनि अग्निज्वाला माताको शरणमा पुगेका छन् । यस्ता तिलस्मी कहानी उपन्यासमै त सुहाउँछन् ।

 

उपन्यास विषयवस्तुका हिसाबले औसत छ । मुख्यपात्रका हिसाबले सामान्य छ । सिरीको सहरी अन्तर्वृत्तान्त जो कसैले भोगेको हुन सक्छ । तर, यसको काव्यिक जीउडालले उपन्यास भव्य हुन गएको छ । काव्यको चमक असाधारण हुन गएको छ । कुनै पनि घटनालाई विम्बका माध्यमले बताउने उनको शिल्प सदैव स्वागतयोग्य छ । यसले आख्यानमा नवीन रंग थपेको छ ।

 

हुन त ‘एक्लो’ विवरणात्मक शैलीको उपन्यास हो । तर, हरेक अनुच्छेदको मोहक वर्णनले लम्बेतान अनुभूति हुँदैन । ओभर डिटेलिङ त्यतिखेर लाग्ने हो, जतिखेर औपन्यासिक बहाव खण्डित हुन्छ । बुद्धिसागरमा उपन्यास

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय