शुक्रबार , चैत्र १६, २०८०

१२ भाईका जेठा भाईकै बैंक खाता रोका!

र यो पनि

काठमाडौ । पुर्वपत्नी ईशाले गृहमन्त्री रविलामिछानेले लाई दिएको सुभकामना पछि लामिछाने तनाब मा आखिर के भनिन हेर्नुस् पूरा विवरण जस्ता को तेससौ पूरा पठनुहोस ।

 

काठमाडौ । आफ्नो निजी जीवनका कुराहरु कुनै दिन सार्वजनिक चर्चाका विषय बन्लान् भन्ने मैले कल्पना नै गरेकी थिइनँ । मैले मिडियामा आउन चाहेकी पनि थिइनँ । म त डिभोर्सपछि चुपचाप अमेरिका फर्किएकी हुँ ।

 

तर, रवि लामिछानेजीको स्टाटस र अन्तरवार्ता पढिसकेपछि आफ्नो तर्फबाट केही कुरा प्रष्ट पार्नुपर्ने आवश्यकता महसुस गरेकी छु । किनकि, मलाई उहाँका प्रशंसकबाट धेरै गालीगौलचका म्यासेजहरु आएका छन् । धेरैले मलाई नै दोषी देखिरहेका छन् ।

 

रविजीले अन्तरवार्तामा मलाई ‘डिप्रेसनको रोगी’ बताउनुभएको छ । सत्य हो, मैले लामो समय डिप्रेसनको औषधी खानुपर्‍यो । तर, म के कारणले डिप्रेसनमा परेँ त ? उहाँकै कारणले होइन ?

 

आफ्नो श्रीमानले बाहिर १० जनासित सम्वन्ध राखेर अवैध सन्तानसमेत जन्माउँदा कुन श्रीमती डिप्रेसनमा पर्दिन होला ? धन्न मैले छोरीहरुको मुख हेरेर आत्मह’त्या गरिनँ ।

 

हाम्रो प्रेम विवाह हो । तर, विवाहपछि मैले उहाँबाट आफूले चाहेको/कल्पेको प्रेमको अनुभूति गर्न सकिनँ । वैवाहिक सम्वन्धको महत्व श्रीमानभन्दा श्रीमतीलाई बेसी हुन्छ

वैवाहिक सम्वन्ध तोडिँदा पुरुषले त सजिलै अर्को घर बसाउन सक्ला, तर महिलाले अनेक लान्छना खेप्नुपर्छ ।

 

उसलाई समाजले राम्रो दृष्टिकोणले हेर्दैन । छोराछोरीहरुलाई त्यसको असर पर्छ । त्यसैले रविजीबाट वर्षौंंसम्म तिरस्कार झेलेर पनि म हाम्रो सम्वन्धको संरक्षणमा नै दत्तचित्त रहेँ ।

 

म सुरुदेखिको कुरा गर्छु । झर्को नमानिदिनुहोला । ०५१ साल मंसिर ११ गते हाम्रो बिहे भएको हो । मेरो घरमा आएर सामान्य सिन्दुरपोते गर्नुभएको थियो ।एउटै स्कुलबाट एसएलसी पास गरेलगत्तै बिहे गर्दा दुबै टीनएजर थियौं ।

 

बिहे गर्दा उहाँ पढ्दै हुनुहुन्थ्यो । पारिवारिक दायित्व आएपछि काम गर्न थाल्नुभयो । उहाँलाई पत्रकारितामा रुची थियो । एफएममा काम गर्न थालेपछि लोकपि्रयता पनि कमाउनुभयो । त्यसपछि टेलिभिजनमा हास्य कार्यक्रम पनि चलाउनुभयो ।

 

स्मार्ट र प्रतिभाशाली हुनुहुन्थ्यो । चलाख पनि । एफएममा काम गर्न थालेदेखि उहाँको लोकपि्रयता बढिरहेको थियो खासगरी केटीहरु उहाँको आवाज र व्यक्तित्वका प्रशंसक थिए केटीहरुका चिठी धेरै आउँथे । फोन पनि आउँथे । कुनै-कुनै चिठीले त मेरो मनमा चिसो पस्थ्यो ।

 

आखिर उमेरले पनि कच्चै त थिएँ ।बिहेलगत्तै म गर्भवती भएँ । १९ वर्षमै जेठी छोरी जन्माएँ । त्यसपछि मेरो पढाइ अघि बढ्न सकेन रविजी पनि पढाइ छोडेर करिअरमै फोकस हुनुभयो । बिहेको केही वर्षपछि रविजीको दाइहरुसँग खटपट पर्‍यो ।

 

एकजना दाइ पनि सञ्चारकर्मी भएकालेउछिनपाछिन भयो होला । अरु कारण भने जान्दिनँ । मलाई भने दाइहरुले केही नराम्रो गर्नुभएको होइन ।

 

दाजुभाइको मनमुटाब बढ्दै गएपछि हामी छुट्टएिर बस्यौं बानेश्वरमा मासिक ८/९ सय रुपैयाँको एउटा कोठा लिएर केही समय गुजारा गरियो । रविजीको राम्रो हुँदै गएपछि केही समयपछि हाँडीगाउँमा ३ कोठाको फ्ल्याट लियौं । रविजी दिनभरि बाहिरै हुनुहुन्थ्यो ।

 

म घरमा छोरी स्याहारेर बस्थेँ रविजी आफ्नो प्रोफेसनप्रति पहिलेदेखि नै डेडिकेटेड हुनुहुन्थ्यो उहाँको प्राथमिकतामा पहिलो नम्बरमा काम, दोस्रोमा साथीभाइ र तेस्रोमा मात्रै परिवार आउँथ्यो । हरेक श्रीमतीले आफ्नो श्रीमानसित बढीभन्दा बढी समय बिताउन चाहन्छे ।

 

श्रीमानले घरको काम र बच्चाको हेरचाहमा साथ देओस् भन्ने चाहन्छे म पनि चाहन्थेँ । तर, उहाँ परिवारका लागि समय निकाल्न सक्नुहुन्थेन फुर्सदको समयमा पनि परिवारसँगभन्दा साथीभाइसँग रमाउनुहुन्थ्यो चाडबाडको समयमा परिवारसँग कमै बस्नुहुन्थ्यो ।

 

दशैंमा म र छोरीलाई टीका टाँसिदिएर निस्किहाल्नुहुन्थ्यो । बरु साथीहरुको घरमा तास खेलेर बस्ने । यस्तै खुद्रामसिना कारणले मेरो उदासी बढिरहेको थियो ।उहाँ धेरै कार्यक्रमहरुमा भागलिनुहुन्थ्यो ।

 

तर, मलाई कुनै पनि कार्यक्रममा जाउँ भन्नुभएन कुनै पनि निर्णय गर्दा मसित सल्लाह गर्नुहुन्नथ्यो । उहाँले गर्न लागेका कतिपय कामहरुबारे म अरुका मुखबाट सुन्थेँ । ‘ए हो र ?’ भन्नुपर्दा मजा लाग्दैनथ्यो ।

 

यस्तै चल्दै थियो । एकदिन मैले बाहिरबाट सुनेँ कि उहाँको अमेरिकाको भिसा लाग्यो भनेर । छक्क परेँ । उहाँले मलाई अमेरिकाको भिसा अप्लाई गरेको बताउनुभएकै थिएन । उहाँ अमेरिका उड्ने तीन दिन अगाडि मात्रै थाहा भयो ।

 

उहाँलाई सोध्दाखेरी ‘कार्यक्रममा जान लागेको हो’ भन्नुभयो । मैले यसलाई ठूलो इस्यूका रुपमा लिइनँ ।उहाँ हामी आमाछोरीसँग विदा भएर अमेरिका जानुभयो । जाने बेला भन्नुभएको थियो कि उता सेटल हुन सकियो भने तिमीहरुलाई पनि लैजान्छु ।

 

म खुशी नै थिएँ । रविजी अमेरिका गएको भोलिपल्ट हाम्रो ल्यान्डलाइन फोनको घन्टी बज्यो । एक अपरिचित केटीले फोन गरेकी थिइन् ।

 

‘ओई, तेरो पोई कहाँ गएको हो भन् ?’ फोन उठाउनासाथ उताबाट चर्को स्वरमा यस्तो आवाज आयो । म झसंग भएँ उस्तै कडा स्वरमा जवाफ दिएँ, ‘जहाँ गए पनि किन चाहियो तँलाई ? को होस तँ ?’ उनले भनिन्, ‘तेरो पोईले मलाई धोका दिएर भाग्यो । उसले मबाट दुईटा सन्तान जन्माएको छ ।

 

कहाँ गएको हो ? भनिनस् भने तिमीहरु आमाछोरीलाई किडन्याप गराइदिन्छु ।’मैले उनको कुरा पत्याइनँ । झ्याप्प फोन राखेँ । तर, उनले बारम्बार फोन गरेर टर्चर दिन थालिन् । धम्क्याउन थालिन् ।

 

त्यसपछि मैले आफ्नो माइतीका दाजूहरु र देवर (रविजीको कान्छाबुबाका छोरा) लाई यो कुरा सुनाएँ उहाँहरुले ल्यान्डलाइनमा कलर आइडी राखौं भन्नुभयोटेलिकममा केही पैसा तिरेर कलर आइडी राखियो । दाइ र देवरले त्यो नम्बरमा फोन गरेर ती केटीको घर र अफिस पत्ता लगाउनुभएछ । म्यानपावर कम्पनीमा काम गर्दिरहिछन् ।

 

त्यसपछि प्रहरीमा जाने कुरा भयो । मैले रविजीलाई फोन गरेर भनेँ कि यस्तो-यस्तो फोन आइरहेको छ । हामी प्रहरीमा जाने विचार गरिरहेका छौं ।

 

उहाँले ती केटीको विषयमा आफूलाई केही थाहा नभएको बताउनुभयो र प्रहरीमा जाँदा हुन्छ भन्नुभयो । त्यसपछि दाइ र देवरले ती केटीलाई अफिसमा गएर भेट्नुभयो । अनि, चेतावनी दिनुभयो कि अब आइन्दा फोन गरिस् भने तेरो घरमा प्रहरी आउँछ । त्यो केटी डराइछ ।

 

त्यसपछि उसको फोन आएन यो घटना यत्तिकै सामसुम भयो । पूरा समचार पढनु भएको नियुज अागनि अाभारि छ मन परे सेयर गरे सबैलाई पढने अबसर दिनु होला ।

 

निर्वाचनमा महिला

 

पोखरा–१४ को चाउथेकी, एउटा प्रमुख दलमा सक्रिय रहँदै आएकी महिला कार्यकर्ताले एक साँझको चिया भेटमा विगतका चुनावमा भन्दा यस पटक बढी नै शारीरिक–मानसिक तनाव झेलेको बताइन् । भन्दै थिइन्, “पार्टीले यसपालि अल्टिमेटम नै दियो ।

 

‘यो चुनावमा तपाईंको वडाबाट कति मत प्राप्त हुन्छ, त्यसले तपाईंको आगामी बाटो तय गर्नेछ, भोट कम आयो भने तपाईंको खैरियत छैन’ सम्म भनियो ।” जीवनको ऊर्जाशील समय राजनीतिमा खर्चेकी उनी गत स्थानीय तह चुनावमा अन्तिम समयमा वडा सदस्यको टिकटबाट वञ्चित भएकी थिइन् । अरू पार्टीका कतिपय वडा तथा जिल्लास्तरीय महिला कार्यकर्ताका कथाव्यथा पनि चुनावभर यस्तै थिए ।

 

चुनावताका दलहरूका केन्द्रीय नेतादेखि स्थानीय कार्यकर्तासम्म जोडतोडले मतदाताहरूका घर, आँगन, खेतबारी सबैतिर पुगे । चुनावमा जिते जनताका पीरमर्का बुझ्ने, विकास र समृद्धिको रहर पूरा गर्ने सपना एक पटक फेरि देखाए । महिला, दलित, अल्पसंख्यक, सीमान्तीकृत सबैका मागहरूको सम्बोधन हुने भाषण पुनः छाँटे ।

 

त्यस्ता चुनाव प्रचारहरूमा, टोलटोलमा होस् वा क्षेत्रीय स्तरका सभा–जुलुसहरूमा, पार्टीहरूका नेता–कार्यकर्ता तथा सर्वसाधारण महिलाको भीड देखिन्थ्यो । युवा उमेरको बाहुल्य रहेको अहिलेको नेपालमा जनसांख्यिक बनोट अनुसार त्यस्ता सभा–जुलुसहरूमा युवाको संख्या भने कमै देखिन्थ्यो । पार्टीहरूका जनवर्गीय संगठनमा आबद्ध केही युवा अवश्य थिए होलान्; तर उपस्थिति जुन अनुपातमा हुनुपर्ने थियो, त्यो देखिएन । राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका केही स्वतन्त्र युवा उम्मेदवारहरूले चुनावमा केही तरंग नल्याएका होइनन्, तर अधिकांश पार्टीका चुनावी कार्यक्रमहरूयुवाभन्दा बढी प्रौढ पुरुष र महिलाहरूले भरिएका थिए ।

 

देशको हरेक राजनीतिक परिवर्तनका साक्षी, पुरुषसँगसँगै आन्दोलनमा होमिएका महिलाहरूका लागि संविधानले सुनिश्चित गरेको ३३ प्रतिशत सिट पार्टीहरूका गठबन्धनका कारण यसपालि धरापमा पर्‍यो । स्थानीय तहको पछिल्लो चुनावमा आफ्नो प्रतिनिधित्व अझ बलियो हुने भरोसासहित नेतृत्व क्षमता निखारी चुनावमा भिडेका महिला नेत्रीहरूको आशा गठबन्धनको तालमेलले निराशामा बदलिदियो । परिणामतः, प्रतिनिधिसभामा प्रत्यक्षतर्फ यसपल्ट जम्मा ९ महिला मात्र निर्वाचित हुन सके ।

 

राजनीतिमा महिलाहरूको प्रतिनिधित्व कम हुनुमा विभिन्न तत्त्वले घोषित–अघोषित भूमिका खेल्ने गर्छन् । पितृसत्तात्मक सोच र आर्थिक परनिर्भरताबीच पारिवारिक–सामाजिक दायित्व पूरा गर्नुपर्नाले राजनीतिमा आउन सकेका छैनन् । महिलाहरू चुनावमा भाग लिनुपर्छ र असल राजनीतिकर्मीलाई मतदान गर्नुपर्छ भन्ने मान्यता त राख्छन्, तर परम्परादेखि परिवारमा जकडिएको पार्टी–आस्था फेर्न सक्दैनन् । महिला मतदाताकै अवस्था यस्तो छ भने उम्मेदवार बन्न चाहनेहरू झन् कति दबाबमा पर्छन्, सहजै अनुमान गर्न सकिन्छ ।

 

कतिपय युवायुवती राजनीतिमा अल्झिनभन्दा समुन्नत भविष्यका लागि विदेश जान, जागिर खान र पेसा–व्यवसायमा लाग्न चाहन्छन् । राजनीतिमै समर्पित हुनेहरूलाई पनि कहिले उनीहरूको सशक्तीकरण भइसकेको छैन भन्दै त कहिले निर्णय क्षमता–दक्षतामा प्रश्न उठाई आरक्षण वा समानुपातिक वा ‘उप’ को आशा देखाएर चुप बनाइन्छ । हरेक चुनावमा प्रत्यक्षतर्फ टिकट वितरणमै महिलालाई पाखा लगाउने गरिन्छ ।

 

महिलाहरूका लागि स्वतन्त्र रूपमा सोच्ने र आफैं विचार निर्माण गर्न सक्ने वातावरण नबनाउन्जेल आर्थिक–सामाजिक विकासको फाइदा उनीहरूले लिन सक्दैनन् । आमजनको आत्मविश्वास बढाउन, सरकारी भाषण र कागजी योजनालाई मूर्त रूप दिन महिलाहरूलाई राजनीतिक रूपमा सचेत गराई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्छ, नेतृत्व तहमा पुर्‍याउनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय