शुक्रबार , बैसाख ७, २०८१

जुम्लाको चन्दननाथ मन्दिर विश्व हिन्दू जगतका लागि अति नै पवित्र मानिन्छ । यहाँ बाट एउटा रहस्यमय घटना भएको छ। यहाँ रहेको अति बहुमुल्य र दुर्लभ दाहिने शंक जुन तस्विरमा देख्दा मात्रपनि ठूलो भाग्य खुल्ने विश्वास छ जुन बारम्बार चोरी गर्ने प्रयास भयो।

 

केही चोरले त उठाउनै सकेनन्। केही चोरेरपनि राख्न सकेनन् । चोरी भएको एक थान बहुमूल्य दाहीने शंख चार वर्षपछि भेटिएको छ । वि.सं. २०७३ मंसिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शंख भेटाएको हो ।

 

तीन दिन अघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका १० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा दाहिने शंख फेला पारेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

 

रोचक त यो छ की त्यो शंख उनीहरुले घरमा राख्नै सकेनन् । घरभित्र राख्न खोज्दा त्यसको शक्तिले बारम्बार बाहिर नै धकेलेपछि ओडारमा लगेर राखेका थिए । मूर्ति चोरीको आरोपमा पक्राउ परेका एक व्यक्तिको सहयोगमा शंख लुकाएको स्थान पत्ता लगायौँ।

 

प्रहरी नायब उपरीक्षक काफ्लेले भन्नुभयो उक्त स्थानमा रातो प्लाष्टिकभित्र सेतो प्लाष्टिक र सेतो प्लाष्टिकभित्र फाईवरको क्वालिटी रङ्गको झोलामा बेरेर राखेको अवस्थामा दाहिने शङ्ख भेटियो । यो निक्कै दुर्लभ मानिन्छ ।

 

यो पनि पढ्नुहोस

स्थानीय निर्वाचन परिणामले नेपालका प्रमुख दलहरुमध्ये मुख्य दुई वाम दल एमाले र माओवादीमा गम्भीर छटपटी भइरहेको छ। निर्वाचन परिणामले एमालेलाई गहिरो धक्का दिएका कारण विशादमा डुवेजस्तो प्रतित हुँदैछ।

 

माओवादीले गत निर्वाचनको भन्दा केही तहमा बढी जित निकाले पनि सन्निकट संघीय निर्वाचनले उसलाई चर्कै बेचैन बनाएको प्रचण्डको दौडधुपले स्पष्ट गरेको छ । स्थानीय निर्वाचनबाट पहिलो दल बनेको र आगामी संघीय निर्वाचनबाट पनि त्यही हैसियत कायम गर्ने मनसुवा पालेको कांग्रेस दुइ वाम दलका क्रियाकलापबाट अत्तालिनु अस्वभाविक होइन ।

 

तर पनिे नेकाको बलियो आशा के छ भने आगामी चुनाव पनि हालै सम्पन्न स्थानीय चुनावकै जस्तो निरन्तरता हुनेछ, त्यसो भएमा प्रचण्डको कुनै बेलाको चर्चित भनाई ‘ढाडमा टेकेर टाउकोमा हान्ने‘ नीति अनुसार देउवाले प्रचण्डको ढाडमा टेकेर ओलीलाई हिर्काउन सफल हुनेछन् । ओलीले पाएको चोटबाट प्रचण्डले सन्तोष लिनुपर्ने वाध्यता नेपाली अग्रगामी राजनीतिको दुःखद विडम्वना हो ।

 

त्यसैगरी ओलीले प्रचण्डको ‘पत्तासाफ‘मा विजयी ठान्ने जस्तो दुर्दान्त राजनीतिक जमिनले नेपालकै भूसतह अरुकसैका लागि दुरुपयोग हुने खतरा त उत्पन्न भएको छै्रन भन्नेतर्फ विभिन्न विषयका बेत्ताहरुले अध्ययन गर्न थालिसकेको हुनु पर्दछ । यो बेग्लै छलफलको विषय हो ।

 

स्थानीय निर्वाचनमा देखिएको विचित्र गठबन्धनको गलफत्तीले र वाम दलको विश्रृंखलताले फगत कांग्रेसलाई बलियो बनाउने एकमात्र उद्धेश्य पूरा गरेको तथ्य कुनै कोणबाट पनि खण्डन हुनसक्दैन । तलतिर कांग्रेस बलियो भइरहँदा माथितिर आगामी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय