शनिबार , बैसाख ८, २०८१

चितवन — चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशुली नदीमाथि बन्दै गरेको मोटर गुड्ने पुल पुनः भत्कँदा काम गर्दै गरेका एक मजदुर र दुई जना नदीमा बेपत्ता भएका छन् ।

चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बिहान साढे ९ बजेतिर फर्मा खोल्दै गरेका १० जना मजदुरहरु त्रिशुलीमा बगेका थिए ।

बगेकामध्ये भारत घर भएका एकजना ४३ वर्षीय मजदुर विजय यादवको निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवराज काफ्लेले बताए । ‘फर्मा खोल्ने क्रममा मजदुरहरु नदीमा खसेको सूचना छ ।
उद्धार भएका ८ जनामध्ये उपचारका क्रममा एकजनाको निधन भयो । अरुको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ,’ प्रहरी निरीक्षक काफ्लेले भने । उनले दुईजना मजदुरहरु त्रिशुली नदीमा हराइरहेको र उनीहरुको गोताखोरले खोजी गरी रहेको बताए ।

नदीमाथि मोटर गुड्ने पुल बनाउन ७१ साल कात्तिकमा सम्झौता भएको थियो । तर बनेर नसकिदै गएको चैत २४ गते राति अचानक त्यो पुल कामै नलाग्ने गरेर भत्केको थियो ।

सम्झौता अनुसार ७४ सालको कात्तिकमै पुल बनाउने काम पुरा हुनुपर्दथ्यो । तर पटकपटक गरेर चार पटक म्याद थपे पनि बन्न बाँकी रहँदै पुल कामै नलाग्ने गरेर भत्केको थियो । पुल दुई सय मिटर लम्बाइको छ । कंक्रिटका ४०/४० मिटरका तीनवटा र स्टीलको एउटा ८० मिटरको स्पान पुलमा रहन्छ । चैतमा कंक्रिटको स्पान भत्केको थियो । यो पटक स्टीलको स्पान पनि भत्केको हो ।

‘अघिल्लो पटक कंक्रिटको जसरी यो पटक फेरि स्टीलको स्पान भत्कँदा मजदुरहरु बेपत्ता भएको भन्ने खबर छ । केहीको उद्धार र उपचार भइरहेको छ,’ डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने । यो पुल निर्माणको ठेक्का इलाइट, एडभेन्चर इन्द्रेणीले संयुक्त रुपमा लिएका छन् ।सम्झौता अनुसार ७४ सालको कात्तिकमै पुल बनाउने काम पुरा हुनुपर्दथ्यो । तर पटकपटक गरेर चार पटक म्याद थपे पनि बन्न बाँकी रहँदै पुल कामै नलाग्ने गरेर भत्केको थियो । पुल दुई सय मिटर लम्बाइको छ । कंक्रिटका ४०/४० मिटरका तीनवटा र स्टीलको एउटा ८० मिटरको स्पान पुलमा रहन्छ । चैतमा कंक्रिटको स्पान भत्केको थियो । यो पटक स्टीलको स्पान पनि भत्केको हो ।

‘अघिल्लो पटक कंक्रिटको जसरी यो पटक फेरि स्टीलको स्पान भत्कँदा मजदुरहरु बेपत्ता भएको भन्ने खबर छ । केहीको उद्धार र उपचार भइरहेको छ,’ डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने । यो पुल निर्माणको ठेक्का इलाइट, एडभेन्चर इन्द्रेणीले संयुक्त रुपमा लिएका छन् ।
– कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय