शनिबार , बैसाख ८, २०८१

काठमाडौं : कञ्चनपुरको दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माणका लागि प्रक्रिया सुरु भएको छ। तेस्रो मलुकुसँगको व्यापारको ढोका खोल्न दोधारा-चाँदनी तथा एकीकृत चौकीको गुरुयोजनालाई अन्तिम रुप दिने काम भएको छ। इन्टरमोडल यातायात विकास समिति परियोजना कार्यान्वयनको अन्तिम गृहकार्यमा जुटेको छ।

यो परियोजना समग्र सुदूरपश्चिम प्रदेशमा विकासको कोशेढुंगा हुने अपेक्षा गरिएको छ। इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशिष गजुरेल आएपछि परियोजनाले तीव्रता पाएको हो। यो परियोजना सरकारकै लागतमा निर्माणमा हुने हो।

कञ्चनपुरको महाकाली पारी दोधारा-चाँदनीको गौरीशंकर र मायापुरी सामुदायिक जंगल क्षेत्रमा प्रस्तावित यो  परियोजनाका लागि २ सय ८० बिघा जमिन प्राप्तिको सुनिश्चितता भइसकेको छ।

इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक गजुरले भन्छन्, यो परियोजनाले समग्र सुदूरपश्चिमको समृद्धिको ढोका मात्रै खोल्‍ने छैन।  तेस्रो मलुकुसँगको व्यापारको ढोकालाई पनि यसले सहज बनाउने छ।’

गजुरेल परियोजना कार्यान्वयनका लागि अन्तिम गृहकार्य भइरहेको बताउँछन्।अन्‍नपूर्ण डट कमसँग कुरा गर्दै गजुरेल भन्छन्, ‘यसलाई हामी तीन वर्ष १० महिनामा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखेका छौं।’

यो परियोजना सरकारकै लागतमा निर्माणमा हुने हो। कञ्चनपुरको महाकाली पारी दोधारा-चाँदनीको गौरीशंकर र मायापुरी सामुदायिक जंगल क्षेत्रमा प्रस्तावित यो  परियोजनाका लागि २ सय ८० बिघा जमिन प्राप्तिको सुनिश्चितता भइसकेको छ।  परियोजनाको पहिलो फेजको लागत ६ अर्ब ९८ करोड १६ लाख रहेको छ। यसअन्तर्गत रेलबाहेकका संरचना तयार गरिने छ।

परियोजना निर्माणका लागि स्थानीय समुदायबाट सहमति प्राप्त भइसकेको छ। सरकारले पनि बन्दरगाह निर्माण प्राथमिकतामा राखेका कारण परियोजनाले गति लिने र समयमै सम्पन्‍न हुने विश्‍वास गजुरेलको छ।

इन्टरमोडल यातायात विकास समितिका  कार्यकारी निर्देशक गजुरेल  यो परियोजनामा नेपाली अनुभव प्रयोग गर्ने बताउँछन्। उनी भन्छन्, ‘यसअघि उत्तरतर्फ चीन र दक्षिणतर्फ भारतीय सहयोगमा व्यापार पूर्वाधार बन्ने गरेकोमा हामीले  दोधारा-चाँदनीमा भने आफ्नै अनुभव प्रयोग गर्दैछौं।हामीले चोभारमा आफ्नै अनुभवले आयोजना सम्प्पन उन्मुख अवस्थामा पुगेका छौं, त्यो अनुभव दोधारा- चाँदनीमा प्रयोग गछौं ।

यसले सुदुरपश्‍चिमको असहजता यसले अन्त्य गर्ने विश्‍वास छ। सुदूरपश्चिम प्रदेशमा हुने व्यापारका लागि माल वस्तु ढुवानीका ट्रक कन्टेनर अहिले नेपालगञ्ज र भैरहवाबाट त्यतातर्फ जाने गरेका छन् । गजुरेलका अनुसार तेस्रो मलुकुसँगको व्यापारको ढोका खोल्न दोधारा-चाँदनीमा बन्‍ने व्यापारिक पूर्वाधारले धेरै सहज बनाउने छ।

गजुरेल यो परियोजना रणनीतिक हिसाबले महत्वपूर्ण रहेको बताउँछन्। औद्योगिक विकासमा तीब्र गतिमा काम गरिरहेको भारतीय भूमि भएर तोकलहावाद र मुन्द्रा पोर्ट भएर तेस्रो मुलुकसँगको व्यापfरका लागि दोधारा-चाँदनीमा सुख्खा बन्दगाहले सहज पहुँच तयार गर्नेछ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको प्राविधिक समितिको सिफारिस परियोजनाको गुरुयोजना तयार भएको छ । गुरुयोजना बनाउन तीन महिना, वातावरणीय प्रभाव मूल्यांकन तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न तथा ठेक्का आह्वान गर्न १५ महिना लाग्ने छ ।

यस्तै टेण्डर छनोटमा ४ महिना र निर्माण अवधि २४ महिना गरी ३ वर्ष १० महिनामा परियोजना निर्माण सकिने छ । ईआईए र डीपीआरका लागि पूर्वस्वीकृति लिन वन मन्त्रालयसँग स्वीकृति मागिएको तथा सो कार्यका लागि नयाँ बजेटमा थप आर्थिक साहायताका लागि अर्थमा प्रस्ताव गरिसकिएको गजुरेल बताउँछन्। – अन्नपुर्णपोष्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय