बिहिबार , बैसाख ६, २०८१

तनहुँ जलविद्युत्‌को डाइभर्सन टनेल–२ को ब्रेक थ्रु

 

अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउने र प्रवेश सडकको स्तरोन्नतिका काम भइरहेको

 

तनहुँ — ऋषिङ गाउँपालिका–१ काहुँशिवपुरको झापुटारमा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको डाइभर्सन टनेल–२ छेडिएको (ब्रेक थ्रु) छ । नदीको पानी निकास गर्न अस्थायी रूपमा प्रयोग गर्ने गरी ६२६.९२ मिटर लम्बाइको डाइभर्सन टनेलको ब्रेक थ्रु भएको आयोजना प्रमुख राजाभाई सिल्पकारले बताए ।

 

आयोजनाको ड्याम निर्माणका लागि नदीको पानी तर्काउनुपर्ने भएकाले उक्त टनेल बनाइएको उनले बताए । उनले भने, ‘नदीकै सतहमा टनेल निर्माण भएको छ, ड्यामसाइट निर्माण भएपछि यो टनेल बन्द गरिन्छ । टनेल ११.४ मिटर व्यासको रहेको छ ।’

 

आयोजनाले डाइभर्सन टनेल–१ गत माघ तेस्रो साता ब्रेक थ्रु गरेको थियो । उक्त टनेल सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने ४ सय ३६ मिटर लम्बाइ र ७ मिटर व्यास रहेको छ । व्यास नगरपालिका–५ बेतेनी हुँदै बाँधतर्फ जाने उक्त टनेललाई आयोजनाको निर्माण सम्पन्न भएपछि पनि स्थायी रूपमा प्रयोग गरिनेछ ।

 

आयोजनाको हालसम्म भौतिक प्रगति ३५.३४ प्रतिशत भएको सिल्पकारले बताए । उनका अनुसार तीन चरणमा काम भइरहेको आयोजनाको हालसम्म ३१.८२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । यस अवधिमा १३ अर्ब ७५ करोड ६७ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।

 

आयोजनाको पहिलो प्याकेजअन्तर्गत १ सय ४० मिटर अग्लो बाँधलगायत संरचना सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ ।

 

जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन टनेलहरू, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नतिलगायत काम भइरहेका छन् ।

 

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रो, चीनले गरिरहेको छ ।

 

टटआयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २ सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य केइसी भारतले गरिरहेको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

 

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत–प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत ५० करोड ५० लाख डलरका लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर ब्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

 

स्थानीय तह जनताको सुखदुःखको साथी बन्नुपर्छ : मन्त्री शर्मा

 

तनहुँ — सञ्चार तथा सूचना प्रविधीमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जनताको सुखदुःखको साथी स्थानीय तह बन्नुपर्ने बताएकी छन् । जिल्लाको आबुखैरेनी गाउँपालिकाको ७औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले संघीयताले केन्द्रको अधिकार गाउँगाउँमा पुर्‍याएको र सोही अधिकारको सदुपयोग गर्दै स्थानीय तहले जनताको समस्य समाधान गर्नुपर्ने बताएकी हुन् ।

 

‘अहिले जनताले स्थानीय तहको रुपमा आफ्नो सुखदुःखको साथी पाएका छन्’, उनले भनिन्, ‘स्थानीय तहले जनताको समस्या नजिकबाट बुझेर जनतालाई घरदैलोमै सिंहदरबारको अधिकार दिन सक्नुपर्छ ।’

 

स्थानीय सरकारलाई बलियो बनाउन कानुन निर्माण गर्न संघीय सरकार प्रतिबद्ध रहेको भन्दै उनले बलिदान र संघर्षबाट प्राप्त उपलब्धि गुम्न नदिने र स्थानीय तहलाई बलियो बनाएर लैजान सरकार प्रतिबद्ध रहेको बताइन् ।

 

यस्तै, कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार व्यवस्थामन्त्री हरिबहादुर चुमानले स्थानीय सरकारलाई बलियो बनाउन प्रदेश सरकार सहयोग गर्न सदैव तयार रहेको बताए ।

 

उपराष्ट्रपति निर्वाचनमा १० दलीय गठबन्धनले जालझेल गर्दैछ : केपी ओली

 

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा १० दलीय गठबन्धनले जालझेल गर्न खोजेको आरोप लगाएका छन् ।

 

शनिबार ललितपुरमा आयोजित अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उपराष्ट्रपति निर्वाचनमा गठबन्धनले संविधानविपरीत उम्मेदवारी दिएको दाबी गरे ।

 

राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था भएको भन्दै त्यसविपरीत गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवार बनाएर जालझेल गरेको आरोप लगाए ।

 

अध्यक्ष ओलीले भनेका छन्, ‘हामीले अहिलेको संविधानमा ३३ प्रतिशत महिला र धेरै ठाउँमा, ७५३ वटा पालिकामा अल्टरनेट गर्नुपर्ने प्रमुख/उपप्रमुख । यो गरेका छौँ । सभामुख, उपसभामुखमा अल्टरनेट हुनुपर्ने । राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्षमा अल्टरनेट हुनुपर्ने ।

 

अब राष्ट्रपतिमा समस्या आइराखेको छ । राष्ट्रपति, उपराष्ट्रपति अल्टरनेट हुनुपर्ने कि नपर्ने भन्दा १० दलीय गठबन्धन जुन छ, त्यो त महिला विरोधी छ ।

 

स्थानीय तह निर्वाचनमा पनि उनीहरुले कानुन छलेका छन् । त्यो कानुन छलेको कुरो कमसेकम हाम्रा न्यायिक निकायहरु वा निर्वाचन आयोग भएको भए त्यो कुरा सदर हुन सक्दैनथ्यो ।

 

तर त्यस्तो भइदिएन । संविधानले एउटा/एउटा हुनैपर्ने भनेपछि नभएर हुन्छ ? गर्नैपर्छ नि ! अब आजसम्म पनि दस दलीय गठबन्धनले जालझेल गर्न खोजिराखेको छ अर्को समुदाय भनेर । यसको मर्म अर्को समुदायसँग होइन खासमा ।

 

पुरुष हुन्छ भने महिला । महिला हुन्छ भने महिला हुनसक्थ्यो तर त्यो कुरा स्पष्ट भएन संविधानमा । महिला राष्ट्रपति भयो भने उपराष्ट्रपति महिला हुन नसक्ने भन्ने कुरा होइन । तर अहिलेको अवस्थामा त्यो सम्भव होइन कि जस्तो संवैधानिक व्यवस्था देखिन्छ ।’

 

ओलीले उपराष्ट्रपतिको निर्वाचनमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यसँग एक्लै लड्न नसकेर दस दलीय गठबन्धन बनाएको पनि जिकिर गरे । ‘उनीहरु किन एकजुट हुन्छन् भन्दा तिनीहरु एकैतिर बसेर पनि, एकैतिर फर्केर पनि दसतिर फर्केर बसेका छन् ।

 

यताबाट एमालेले हान्छ कि, यताबाट हान्छ कि त्रास छ उनीहरूलाई । हामीले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएका छौँ । एउटा अष्टलक्ष्मी शाक्यसँग लड्न अब ९ पार्टीले पुगेन, आज फेरि अर्को थपियो । १० पार्टी बनाए । अष्टलक्ष्मी आउनुभयो, गाह्रो छ आऊ भाइ हो सबै मिलेर लडौँ भनेर गठबन्धन बनाए ।

 

त्यहाँ जालझेल, प्रपञ्च अनेक प्रकारका छन् । अन्तिममा हामी एकातिर अरु एकातिर भएरै लडाइँ हुने हो । किनभने एक्लै लड्ने कुनै आँट गर्दैनन्,’ अध्यक्ष ओलीले भने ।

 

यस क्रममा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दक्षिणपन्थको नांगो दलाली गरेको पनि आरोप लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय