मंगलबार , बैसाख ११, २०८१

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि देशभर लकडाउन गर्नु नपर्ने बताएका छन् ।

दैनिक रुपमा कोरोनाका बिरामी तिब्र रुपले बढिरहँदा प्रधानमन्त्रीले शनिबार यस्तो प्रतिक्रिया दिएका हुन् । उपप्रधानमन्त्री तथा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीका संयोजक ईश्‍वर पोखरेलले कोभिड संक्रमको पछिल्लो अवस्थाबारे ब्रिफिङ गराउँदा प्रधानमन्त्रीले देशभर नै लकडाउन गर्नुपर्ने अवस्था नभएको बताएका थिए । बरु नागरिकलाई सचेत गराउने र केही क्षेत्रलाई संवेदनशील क्षेत्रको रूपमा राखेर नियन्त्रणका उपाय अघि बढाउन उनले निर्देशन दिएका थिए ।

लकडाउन गर्नै परेको अवस्थामा केही सहरमा मात्रै गर्नसकिने र त्यसका लागि अन्य बन्दोबस्त मिलाउनुपर्ने समेत प्रधानमन्त्री ओलीले बताए । कोभिड-१९ को संक्रमणबारे ब्रिफिङ सुनेपछि लकडाउन गर्नुपर्ने अवस्था नरहेको भन्दै यही संयन्त्रको उपयोग गरी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए ।

संक्रमण रोक्न स्थानीय तहले नै कडाइका साथ स्वास्थ्य मापदण्ड लागू गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ ।

‘तत्काल लकडाउन गरिहाल्ने अवस्था छैन । सबै जनाले कडाईका साथ स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ’प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै सीसीएमसीका सचिव खगराज बरालले भने ।

नेपालमा पनि दोस्रो लहरको संक्रमण फैलिन थालेपछि सरकारले स्वास्थ्य मापदण्डमा कडाइ गराएको छ । राजधानी सहित ठूला सहरका विद्यालय बन्द गरिएको छ भने २५ जना भन्दा धेरै व्यक्तिलाई भेला हुन दिइएको छैन । साथै सार्वजनिक सवारी साधनमा मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय