सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

केहीदिन अघि दाङको तुलसीपुरमा बसेर लोकसेवा तयारी गरिरहेका  रूकुम पश्चिम सानी भेरी गाउँपालिका-१० का रामबहादुर खड्का पढ्दापढ्दै दिक्क भएर डुल्न निस्किए।

त्यो दिन साथीहरूसँग उनी २४ किलोमिटर पर घोराहीको ‘ट्रिज रेष्टुराँ एण्ड पार्टी प्यालेस’मा पुगे।

घोराही उपमहानगरपालिका-१० नारायणपुरकी तृष्णा डाँगी सामाजिक सञ्जालमा रेष्टुराँको चर्चा सुनेर  त्यहाँ आएकी थिइन्।

नारायणपुरमै प्लस टुमा अध्ययनरत उनले यो रेष्टुराँबारे टिकटकमार्फत् जानकारी पाएको बताइन्।

घोराही १८ की मञ्ज बुढा मगर रेष्टुराँभित्र फोटो खिच्नको लागि लाइनमा थिइन्। उनी पनि प्लस टुकी विद्यार्थी हुन्। उनले

पनि सामाजिक सञ्जालमै यो नौलो खाले रेष्टुराँ देखेपछि कस्तो रहेछ भनेर हेर्न आएको बताइन्।

पछिल्लो समय यस्ता धेरै किशोर किशोरी घोराही १३ डुमरगाउँस्थित रेष्टुराँमा आउने गरेका छन्। टिकका रूखबीचको यो ‘ट्रि रेष्टुराँ’ टिकटक प्रयोगकर्ताकै कारण एकाएक भाइरल बनेको छ।

त्यही भएर सामाजिक सञ्जालको प्रयोगकर्ता अधिकांश किशोर-किशोरी त्यहाँ पुगिरहेका छन्।

उक्त रेष्टुराँ घोराहीको बसपार्कदेखि झन्डै ५०० मिटर उत्तरतर्फ पुल पारे गरेपछि आउँछ।

जहाँ लहरै झन्डै तीन सय जति टिक प्रजातिका रूख छन्। झन्डै १२ कठ्ठा जतिको क्षेत्रफलमा रोपिएका सबै रूखका फेदहर सेतो र रातो रंगले रंगाइएको छ।

रूखहरू  ध्वजा पताले सजाइएको छ। झन्डै ५५ को हाराहारीमा रंगीविरंगी छाताहरू पनि रूखमा डोरीले झुण्ड्याइएको छ।

फोटो खिच्नका लागि ठाउँ निर्माण गरिएको छ। यहाँ आउनेहरूलाई रेष्टुराँले फोटो पनि खिच्ने व्यवस्था मिलाइदिएको छ।

तीनै रूखका बीचमा विभिन्न ठाउँमा ६ ठाउँमा कटेज निर्माण गरिएको छ। जहाँ ग्राहकहरूले खाजा नास्ता खाने गर्छन्।

बजारमा पाइने हरेक खाजा त्यहाँ उपलब्ध रहेको रेष्टुराँ सञ्चालकको दाबी छ।

योबाहेक अरू त्यहाँ छुट्टै विशेष कुरा छैन। तै पनि रेष्टुराँ टिकटक प्रयोगकर्ताका कारण चर्चित बनेको छ।

रेष्टुराँमा आउने ग्राहकहरूको चाहनालाई ध्यानमा राखेर डिएसएल क्यामेराबाट फोटो खिच्न पाउने व्यवस्था गरिएको छ।

टिकटकका लागि ५/७ वटा फोटो खिचेको प्रतिव्यक्ति २० रुपैयाँ लिने गरिन्छ।

एउटा टिकटक भिडिओ खिचेको ५० रुपैयाँ लाग्छ। खिचेको फोटो वा भिडिओ सम्बन्धित व्यक्तिको मोबाइलमा राखिदिन्छन्। कभर भिडिओ र विइडिङ भिडिओ खिचेको ५००० रुपैयाँ लिने गरिन्छ।

रेष्टुराँमा गएर फोटो वा भिडिओ खिचाउन चाहने व्यक्तिहरूको यहाँ लाइनै लागेको हुन्छ। त्यसका लागि इच्छुकले पहिला काउन्टरमा गएर टिकट काट्नु पर्छ।

एक जना फोटो ग्राफर फोटो खिच्नकै लागि तैनाथ हुन्छन्। उनलाई भ्याइनभ्याई हुन्छ।

‘टिनएजरको रूची र चाहनालाई ध्यानमा राखेर सेल्फी र टिकटक स्पष्ट बनाएका हौं,’ एक सञ्चालक मण्डल घर्तीले भने,‘आजको पुस्ता स्वतन्त्रतापूर्वक घुम्न र रमाउन चाहन्छ। हामीले त्यो कुरालाई क्यास गर्न खोजेका हौं।’

यो रेष्टुराँमा नयाँ वर्षका दिन सयौं किशोर किशोरी आए। त्यसदिन झन्डै ६० हजार बराबरको कारोबार भएको म्यानेजर समेत रहेका घर्तीले बताए।

उनका अनुसार अचेल दैनिक डेढदेखि दुई सयसम्म मानिसहरू त्यहाँ पुग्ने गरेका छन्। बिदाको दिन त्यो संख्या दोब्बर तेब्बर हुन्छ।

‘नजिकको मानिसहरू खाजा खान भनेर आउनु हुन्छ र टाढाबाट आउनेहरू फोटो खिच्न र रमाउनका लागि आउनु हुन्छ,’ उनले भने।

रेष्टुराँमा धेरै ग्राहक आउन थालेपछि उनीहरूलाई एकैपटक खाजा दिन समस्या हुन थालेछ।

ग्राहकहरूलाई केहीबेर कसरी भुलाउन सकिन्छ? भन्ने जुक्तिको खोजी गर्ने क्रममा फोटो खिचेर दिने सोच जन्मिएको म्यानेजर घर्तीले बताए।

फोटो खिचेर मात्रै दैनिक कम्तीमा ६/७ सय र बढीमा ३ हजारसम्म आम्दानी हुने गरेको घर्तीले जानकारी दिए।

तर, उनले मानिसहरूको जति भीडभाड देखिन्छ त्यो अनुरूपको व्यापार भने नहुने बताए।

‘अधिकांश मानिसहरू यहाँ टिकटकका लागि फोटो  र भिडिओ खिच्नका लागि आउने गर्नु हुन्छ,’ घर्तीले भने‘ उहाँहरू भिडिओ र फोटो खिचेपछि मेला आए जस्तो गरी घुमेर निस्कनु हुन्छ। त्यसैले मानिस जति आउँछन् त्यो अनुरूपको व्यापार भने हुँदैन।’

यो रेष्टुराँ घर्तीकै जन्मदिनको अवसरमा  फागुन १४ गतेदेखि सञ्चालनमा आएको हो। यसले आज राम्रो लोकप्रियता मात्रै कमाइरहेको छैन, राम्रो व्यापार समेत गर्न सफल भएको छ।

तीन जना मिलेर खोलिएको रेष्टुराँ

मण्डल घर्ती यो रेष्टुराँका कल्पनाकार हुन्। तीन जना पार्टनर मिलेर सञ्चालन गरिरहेका छन्। जो सबै  एउटै गाउँका साथी भाइ हुन्।

उनीहरू तीनै जनाको पुर्खेउली घर रोल्पा त्रिवेणी गाउँपालिका हो।

२३ वर्षीय मण्डल घर्ती, २२ वर्षीय अमर श्रेष्ठ र २४ वर्षीय हर्क विकले मिलेर रेष्टुराँ सञ्चालन गरेका हुन्।

हर्क र श्रेष्ठ सानैदेखिका मिल्ने साथी। एउटै स्कुल पढेर एसएलसी पास भए।

अमरलाई भने घरको परिस्थितिले इण्डिया जानुपरेको थियो। मण्डल र हर्क भने होलेरीमा सँगै पढ्थे।

मण्डललाई विदेश जान मन थिएन। नेपालमै बसेर केही गर्नुपर्छ भन्ने थियो। त्यसैले उनी दाङ झरे।

घोराहीको पद्मोदय माविबाट १८ महिने कम्प्युटर इञ्जिनियरिङको कोर्ष पूरा गरे। त्यसपछि उनले तुलसीपुरमा साइबरमा काम गरे। त्यसमा उनको मन धेरै दिन रमेन। त्यसपछि घोराहीको नारायणपुरमा छापा खानामा काम गरे। त्यहाँ पनि एक महिनाभन्दा बढी उनी बस्न सकेनन्। अब के गर्ने? मेसो पाइरहेका थिएनन्। उनको घर घोराही १३ स्थित डुमरगाउँमा पनि छ।

जहिल्यै उनले घर जाने बाटो छेउमै सुन्दर रूखहरूको बगैंचा देख्थे।

सिधा र सर्लक्क परेका टिकका एकै खाले रूखहरू देख्दा उनी खुबै लोभिन्थे। यी रूखले उनलाई जन्मथलो रोल्पाका सुन्दर सल्लेरी वनहरूको झल्को दिन्थ्यो।

घर्ती टिक बगैंचाको बाहिर  एक्लै उभिएर सोच्थे। एक दिन उनले त्यही बगैँचाभित्र नयाँ खाले रेष्टुराँ खोल्ने सपना देखे।

एक्लै रेष्टुराँ सञ्चालन गर्ने आर्थिक हैसियत थिएन।

आफ्नो कुरा बच्चैदेखिको साथी अमरलाई सुनाए। कोरोनाको कहरले इण्डियाबाट  घर फर्केका अमरले पनि अब आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोच बनाएर बसेका थिए।

यता दुवैको कुरा मिल्यो। उनीहरू  टिकको बगैंचा हेर्न गए। त्यहीँ रेष्टुराँ सञ्चालन गर्ने निधो गरे।

जग्गाधनीलाई खोजे। बिरूवासहितको जग्गा उनीहरूले वार्षिक ६२ हजारका दरले ५ वर्षका लागि भाडामा लिने सम्झौता गरे।

जग्गा भाडामा त लिए, तर सोचे अनुरूप रेष्टुराँ कसरी सञ्चालन गर्ने ? उनीहरूसँग रेष्टुराँबारे कुनै ज्ञान थिएन।

अलमलको समयमा उनीहरूले आफ्ना साथी हर्क विकलाई सम्झिए।

उनलाई होटेल रेष्टुराँमा देश तथा विदेशमा काम गरेको ज्ञान थियो। इण्डियामा होटलमा काम गरिरहेका विक पछिल्लो समय  कोरोनाले गर्दा घर फर्किएर पनि रोल्पाको होलेरीमा होटल सञ्चालन गरिरहेका थिए।

पहाडको ठाउँ उति राम्रो चलेको थिएन। तिनै हर्कलाई मण्डल र आफ्नो योजना सुनाए। विक पार्टनर बन्न राजी भए। त्यसपछि रेष्टुराँ निर्माणको कामले गति लियो। जो फागुन १४ गतेदेखि सञ्चालनमा आइसकेको छ।

रेष्टुराँमा अहिलेसम्म तीन जनाको लगानी २० लाख बढी पुगिसकेको म्यानेजर घर्तीले बताए।

हाल ट्रिज रेष्टुराँमा ११ जना स्टाफ छन्। तीन जना पार्टनरमध्ये मण्डलले म्यानेजरका रूपमा काम गर्छन्। विक र श्रेष्ठले किचेनमा कुकुको काम गर्छन्।

‘हामी तीनै जना सबै साहु पनि र आफैं काम गर्ने कर्मचारी पनि हौं,’ मण्डलले भने ‘हामीलाई भ्याइनभ्याइ छ। एकछिन पनि फुर्सद हुँदैन।’

विकसँगै श्रेष्ठले पनि हाल कुकको काम सिकिरहेका छन्। यी दुईबाहेक अर्का एक जना कुक पनि राखेको मण्डलले बताए। वेटर ४ जना किशोरीहरू छन्। एक जना क्यामेरा म्यान छन्। भाँडा धुने मानिस पनि छन्।

उनीहरूको तलब ७ हजारदेखि १६ हजारसम्म रहेको घर्तीले बताए। सबै कर्मचारी स्थानीय हुन्।

‘एक डेढ महिनाको अनुभवले हामी निकै उत्साहित छौं,’ घर्तीले भने।

अब छिट्टै उनीहरू डोकोहरू रंगाएर  रूखमा टंगाउने तयारी गरिरहेका छन्।

रूखहरूका बीचमा संचालन गरेको रेष्टुराँमा रूखहरू रंगाउनु, ध्वजापताका टाँग्नु, रूखहरूका बीचमा खाजा खाने कटेज निर्माण गर्नु, त्यही फोटो खिच्ने सुविधा दिनुबाहेक अरू नयाँ कुरा केही गरेका छैनन्।

तर,पनि परम्परागत होटल गर्ने शैली भन्दा युवाहरूले सञ्चालन गरेको रेष्टुराँ छोटो अवधिमै धेरैको आकर्षणको केन्द्र बनेको छ।

‘सम्भावना यही छ, हाम्रो काममा थोरै सृजना र कला मिलाउन जरूरी छ। युवा पुस्ताको चाहनालाई केन्द्रमा राख्न आवश्यक छ,’ उनले भने।

 

श्रोत सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय