मंगलबार , चैत्र ६, २०८०

काठमाडौं। तत्कालीन नेकपा माओवादीमा लागेका थिए सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नं ५ का नाङ्गेडाँडाका मीनकुमार दाहाल, पवन दाहाल र देवीप्रसाद दाहाल। सशस्त्र गतिविधिका क्रममा उनीहरुको ज्यान गएको थियो।

 

तीनै जना छोरा गुमाएकी सीता दाहालले बाचुञ्जेल निकै पीडा भोगिन्। तीनै जना छोरा गुमाएकी उनका तीन छोरी गायत्री दाहाल, मीरा दाहाल र हीरा दाहाल छन्। उनी कान्छी छोरी हीरासँग बस्दै आएकी थिइन्। श्वासप्रश्वासको समस्याका कारण कलंकीस्थित सहिद मेमोरियल अस्प”तालमा उपचा”ररत थिइन्।

 

उनको फागुन १ गते निधन भयो। आजभन्दा २७ वर्ष अघि यसै दिन माओवादीले जनयुद्ध नाम दिएर सश”स्त्र गति”विधि सुरु गरेको थियो । सीता दाहालप्रति विप्लवबाट अलग्गिएर बनेको नेपाल कम्युनिस्ट पार्टी बहुम”तले श्रद्धाञ्जली व्यक्त गरेको छ। फाईल फोटो

 

साथमा यो पनि: बाआमाको सेवा गर्दैमा आफ्नो जवानी सकिएपछी: ४१ वर्षमा यसरी जन्माईंन यी इन्जिनियरले बाबु बिना’का जुम्ल्याहा सन्तान….. पुरा हेर्नुहोस..

काठमाडौं। एक महिला लामो समयसम्म विवा’ह गर्न नसकेपछि एकल आमा बनेकी छिन्। भारत, गुजरात, सुरतको देसाई परिवारकी इन्जिनियर छोरी विवाह गर्न नसकेपछि एकल आमा बनेकी हुन्। ४१ वर्षको उमेरमा उनी आईभीएफ प्रविधिमार्फत आमा बनेकी छिन्। उनले जुम्ल्याहा सन्तान (छोरा र छोरी) लाई एकसाथ जन्म दिएकी हुन्।

 

डा. रश्मी प्रधानका अनुसार कुनै पनि महिलाले विवाह नगरी आमा बन्दा भारतीय समाज धेरै प्रश्न गर्दछ। तर सुरतकी डिम्पल देसाईले त्यहीँ समाजमा बसेर नयाँ पहल सुरु गरिन्। सुरतको अस्पतालमा भर्ना भएकी डिम्पल देसाईले जुम्ल्याहा ब’च्चा जन्माएकी छिन्। दुई सन्तानलाई जन्म दिएकी डिम्पल एकल आमा बनेकी हुन्।

 

सूरतको सो देसाई परिवारमा दुई छोरीहरू छन्। एउटी छोरी रुपल देसाई दुबईमा बस्छिन् भने अर्की छोरी डिम्पल वृद्ध आमाबुवाको सेवामा व्यस्त छिन्। ४१ वर्षीया डिम्पल र उनकी बहिनी रुपलको विवाह लामो समयसम्म हुन सकेन, त्यसको कारण ठ्याक्कै कसैलाई पनि थाहा छैन्। रुपल दुबई गएपछि डिम्पल आफ्ना आमाबुवासँग सुरतमा बस्न थालिन्।

 

उमेर बढ्दै गएपछि डिम्पलले आमाबुवाको सेवासँगै आफू पनि एकल आमा बन्ने निर्णय गरिन्। त्यसपछि उनले सबैभन्दा ठूलो सामाजिक चुनौतीको सामना गर्नुपर्यो। डिम्पलका लागि एकल आमा बन्ने विकल्प सहज थिएन्। उनी भन्छिन्, ‘जब परिवारका सदस्यले सहमति जनाए, तब समाजको कुनै चिन्ता हुँदैन।’ भविष्यको चिन्ताबारे कुरा गर्दै डिम्पलले सबैभन्दा ठूलो प्रेरणा डा. रश्मी प्रधानबाट पाएको बताइन्।

 

डा. प्रधानले डिम्पललाई तिमी दुई तरिकाले आमा बन्न सक्छ्यौँ भनेर सम्झाएकी थिइन्। एउटा थियो बच्चालाई धर्मपुत्र वा धर्मपुत्री बनाउने अर्को थियो आईभीएफ मार्फत बच्चा जन्माउने। उनले दोस्रो विकल्प रोजिन्।

 

डिम्पलले आमाबाबुलाई डा प्रधानको अफरबारे बताइन्, त्यसपछि सबैले आईभीएफमार्फत बच्चा जन्माउने कुरामा सहमति जनाए।

 

सोही क्रममा डा. रश्मीका अगाडि धेरै चिकित्सकीय बाधाहरू थिए, जसलाई उनी क्रमश: हटाउँदै गइन्। तर बिरामीको अगाडि सबैभन्दा ठूलो चुनौती सामाजिक रूपमा एकल आमा बन्नको लागि मानसिक रूपमा तयार हुनु थियो, जसका लागि डिम्पल तयार थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय