सोमबार , चैत्र १३, २०७९

चितवन र तनहुँलाई जोड्नेगरी बन्दाबन्दै भत्किएको पुल निर्माणकाक्रममा पुलको फलामले च्यापिएर तीनजना मजदुरहरु घाइते भएका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

नदीमा खसेर दुई जना बेपत्ता भएका छन्।

भरतपुर महानगरपालिका–१ को ठिमुरालाई देवघाटसँग जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूली नदीमा खसेका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ बजेतिर पुलमा काम गर्दै गर्दा फलामसहित मजदुर खसेका थिए।

दुर्घटनामा दुई जना त्रिशूलीमा बेपत्ता भएको र फलामले च्यापिएका तीन जनाको उद्धार गरिएको उनले जानकारी दिए।

उद्धार गरिएकालाई उपचारका लागि भरतपुर ल्याइएको छ। बेपत्ताको खोजी थालिएको छ।

निर्माणाधीन सो पुलको केही भाग गत चैत २४ गते भाँचिएर नदीमा खसेको थियो।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख ई कृष्णराज अधिकारीले फलामको काम गर्दै गरेका जलप नेपालका मजदुर खसेको जानकारी आफूले पाएको बताए।

पुल निर्माणको काम गर्दै गरेको जलप नेपालका सञ्चालक ताराप्रसाद पौडेलले त्यहाँ आइतबार बिहानैदेखि १८ मजदुर कामका लागि गएको जानकारी दिए।

ठिमुरा र देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने ८.५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको छ।

श्रोत सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय