शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमण उच्च रहेको ठाउँहरुमा लकडाउन गर्न सुझाव दिएका छन् । सनिवार साँझ प्रधानमन्त्री ओलीले कोरोनाको बढ्दो जोखिमबारे सरोकारवाला पक्षहरुसँग छलफलगर्नुभएको थियो ।

सीसीएमसीका निर्देशक समितिमा आवद्ध उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित ८ मन्त्री, १२ जना सचिव, सुरक्षा अंगका प्रमुखहरु र अन्य केही कर्मचारीको संलग्नतामा भएको उक्त छलफलमा प्रधानमन्त्रीलाई यस्तो सुझाव दिएको एक मन्त्रीले जानकारी दिए । सरकारले जारी गरेको मापडण्ड र आदेश कहि कतै पालना नभएको र सरकारी आदेश र निर्णयको कार्यान्वयन नहुँदा जोखिम बढ्ने भन्दै विभिन्न विकल्पहरुका बारेमा छलफल भएको थियो ।

यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने र कार्यालयमा आधा कर्मचारी मात्र राख्ने प्रावधानमा जानुपर्ने हुनसक्ने सरकारी कर्मचारीहरुले बैठकमा प्रधानमन्त्री समक्ष सुझाव राखेका छन् । सीसीएमसीका सदस्यले प्रधानमन्त्री ओलीलाई कोरोनाका ‘हटस्पट’हरूमा नेपालगन्जमा जस्तै कडाइ गर्नुपर्ने सुझाव दिएका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा लकडाउन नभनिए पनि निषेधाज्ञा जारी गरिएको छ। नेपालगन्ज सहरमा मात्र ७ सय ३५ सक्रिय संक्रमित भएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा त्यहाँ बाँके जिल्ला प्रशासन कार्यालयले गत बुधबार राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म काठमाडौं उपत्यका ९काठमाडौं, भक्तपुर र ललितपुर० सहित पर्सा, कास्की, दाङ, बाँके र रूपन्देहीमा संक्रिय संक्रमितको संख्या ५ सय नाघिसकेको छ। पछिल्लो समय कोभिडका बिरामीले अस्पतालहरुमा चाप बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय