मंगलबार , चैत्र ६, २०८०

एक्कासि पथ्थर पनि बोल्यो : बाहिरियो राजा र दलहरुबीचको सहमति , राजसंस्था फर्किने १,२,३ प्रमाण

र यो पनि

 

सरकारले २०४९ अघि सञ्चालनमा रहेका साझा संस्थाहरुबाट किसानहरुले लिएको ऋण मिनाहा गर्ने भएको छ । आर्थिक वर्ष ०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त संस्थाबाट ऋण लिएका किसानहरुको ऋण मिनाहा गरी धितो रहेका जग्गाको रोक्का फुकुवा गरिने बताएका छन्

 

यस्तै उनले भूमिहीन दलित, सुकुम्बासी, राउटे, बनकरिया, मुसहर र डोम समुदायद्वारा स्थापित सहकारी संस्थाबाट सञ्चालन हुने कृषि पशुपालन, तरकारी खेती, ग्रामीण उद्यम व्यवसाय,सञ्चालनको लागि अधिकतम पाँच प्रतिशत सहुलियत ब्याजदरमा कर्जा प्रवाहको व्यवस्था मिलाइने जनाएको छ ।

 

माओवादीले नवनिर्वाचित जनप्रतिनिधिलाई सत्ता संचालन तालिम दिने

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई सत्ता संचालन सम्बन्धी तालिम दिने भएको छ ।

 

आज बुधबार बसेको माओवादी पूर्व स्थायी समितिको बैठकले आगामी जेठ १८ र १९ गते स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको हो ।

 

उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक तथा अन्य विषय विज्ञहरुले सत्ता संचालन सम्बन्धी प्रशिक्षण दिन लागेका हुन् । नेकपा माओवादीले स्थानीय तह निर्वाचनमा ७५३ स्थानीय तहमध्ये १२१ स्थानीय तहमा जित हासिल गरेको छ ।

 

अघिल्लो स्थानीय तहको चुनावमा जितेका ३ दर्जनभन्दा बढि स्थानीय तह गुमाएपछि माओवादीले जनतामा प्रभावकारी काम कसरी गर्ने र आफ्नो पकड कायम राखिरहने भन्ने बारे प्रशिक्षण गर्न लागेको हो । माओवादीले यसपटकको स्थानीय तह चुनावमा नयाँ पालिकाहरु थपेपछि पुराना पालिकाहरु गुमाएको छ ।

 

लुम्बिनी प्रदेशको राजधानी रहेको राप्ती गाउँपालिकामा माओवादी विजयी

३ जेठ, दाङ । दाङको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश विष्ट निर्वाचित भएका छन् ।माओवादीलाई अध्यक्षमा सघाएर उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेको जनमोर्चाका उम्मेदवार भने नेकपा एमालेसँग पराजित भएका छन् ।

 

दाङको राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको स्थायी राजधानी रहेको क्षेत्रसमेत हो । २०७४ को स्थानीय तह निर्वाचनमा राप्ती गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको थियो ।

 

यसपटक माओवादी केन्द्रले राष्ट्रिय जनमोर्चासँग तालमेल गरेर स्वास्थ्य सेवाको क्षेत्रमा सक्रिय प्रकाश विष्टलाई उम्मेदवार बनाएको थियो ।विष्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगत प्रसाद पोखरेललाई १ हजार १९८ मत अन्तरले हराए । पोखरेलले ५ हजार ७०० मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार जदगदम्बा कुमारी पोखरेलले ४ हजार ११९ मत मात्र पाइन् ।

 

अध्यक्ष पद माओवादी केन्द्रले जिते पनि उपाध्यक्ष पदमा भने नेकपा एमालेकी उम्मेदवार कमलापती चौधरी निर्वाचित भएकी छन् ।६ हजार ६७४ मत पाएर उनी उपाध्यक्ष पदमा निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद भुसालले ५ हजार ४९६ मत पाए । जनमोर्चाका उम्मेदवार केशवराज खनालको पक्षमा ४ हजार ४६४ मत मात्र पर्‍यो।

 

प्रमाणपत्रका आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइनेम्यादी प्रहरीलाई सञ्चित सुरक्षा दलको रुपमा उपयोग गर्ने व्यवस्था मिलाइने

काठमाडौँ — सरकारले युवा स्टार्टअप कार्यक्रम अन्तर्गत युवाहरुलाई उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने घोषणा गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तु गर्दै युवाहरुलाई उत्पादमूलक उद्यम, तालिम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्टअप कार्यक्रम अन्तर्गत उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताएका हुन् ।

 

त्यस्तै युवा तथा साना व्यवसायीक स्वरोजगार कोषमार्फत् थप १२ हजार युवालाई स्वरोजगार बनाउने गरी कार्यक्रम सञ्चालन गरिने उनले बताए । उनले स्थानीय तह, बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा १० हजार युवालाई उद्यमशील तालिम प्रदान गरिने उल्लेख गरे ।

 

अर्थमन्त्री शर्माले प्रदेश र स्थानीय तहको सहकार्यमा चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट स्टेडियमको अधुरो निर्माण कार्य पूरा गर्ने व्यवस्था मिलाइने पनि बताए । ‘युवाहरुलाई उत्पादमूलक उद्यम, तालिम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्टअप कार्यक्रम अन्तर्गत उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको छु,’ अर्थमन्त्री शर्माले भने ।

 

यस्तै देशको जनसांख्यिक लाभको रुपमा रहेका युवाहरुको उत्पादनशील क्षमता उपयोग गर्न युवा तथा साना व्यवसायीक स्वरोजगार कोषमार्फत् थप १२ हजार युवालाई स्वरोजगार बनाउने गरी कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

 

यस्तै म्यादी प्रहरीको रुपमा राष्ट्र सेवामा संलग्न युवाहरुलाई लक्षित गरी उद्यमशीलता र स्वरोजगार केन्द्रीत कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री शर्माले बताए । उनीहरुको रुचीको विषयमा तालिम प्रदान गरी कृषि, वनजन्य र अन्य उद्यममा संलग्न हुने अवसर उपलब्ध गराइनेछ । म्यादी प्रहरीलाई सञ्चित सुरक्षा दलको रुपमा उपयोग गर्न आवश्यक व्यवस्था मिलाइने छ ।

 

जुम्लाको कोप्लापाटन लगायत स्थानमा हाइ अल्टिच्युट स्पोर्टस् एण्ड ट्रेनिङ सेन्टर स्थापना गर्न पनि सरकारले रकम विनियोजन गरेको छ । यस्तै काठमाडौंको मुलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको निर्माण कार्य आगामी आ.व.भित्र सम्पन्न गरिने बताइएको छ ।

 

कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा रात्रीकालीन खेल खेल्न सकिने गरी स्तरोन्नती गर्न सरकारले रकम विनियोजन गरेको छ । प्रदेश र स्थानीय तहको सहकार्यमा चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट स्टेडियमको अधुरो निर्माण कार्य पूरा गर्ने व्यवस्था मिलाइने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय