बुधबार , बैसाख १२, २०८१

रुपन्देही । नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नका लागि संसदमा अविश्वासको प्रस्ताव पेश गर्न काँग्रेसले ढिलाई गर्न नहुने बताएका छन् ।

देश अप्ठ्यारो स्थितीमा रहेको अवस्थालाई स्थिरता दिन र ओलीको विकल्प खोज्नका लागि अविश्वासको प्रस्ताव अनिवार्य भएको बताएका हुन् ।

रिर्पोट्स क्लव लुम्विनी प्रदेशले शनिवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै, नेता पौडेलले अविश्वासको प्रस्ताव पेश गर्न जति ढिलाई गरिन्छ, त्यति नै देशमा थप संकटकता आउने सक्ने स्पष्ट पारेका थिए ।

नेता पौडेलले माओवादी केन्द्र दुई धारको चरित्र चित्रण गर्दै आएको भन्दै यता सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने, उता सरकारको पनि विरोध गर्दै जाने यो कस्तो प्रबृत्ति हो भनी प्रश्न समेत गरेका थिए  ।

उनले थपे, ‘जनता समाजवादी पार्टी (जसपा)का नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोलगायतले सरकारलाई साथ दिएकाले प्रधानमन्त्री ओली तत्कालिन प्रधानमन्त्री जंग वहादुर राणा भन्दा पनि वलियो वन्दै गएको उल्लेख गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य वामदेव क्षेत्रीले माधव कुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव पेश गर्नका लागि आफ्नो पार्टीलाई साथ दिने सहमति जनाएको वताए ।

ओलीले एमसीसीको प्रस्ताव ल्याएर, सभामुखमाथि विभिन्न लान्छना लगाउन खोजेको जिकिर गर्दै पौडेलले आफुमाथि अविश्वासको प्रस्ताव पेश हुन्छ कि आशंकाले संसद्को विजनेश नचलेको वहाना वनाउँदै, संसद् वन्द गरेको ठोकुवा गरे ।

नेता क्षेत्रीले अहिले देखिएको राजनितिक अवस्थालाई समयमै समाधान गर्न सकिएन भने, जनताको ठूलो वलिदानद्धारा प्राप्त उपलब्धिहरु नखोसिएलान् भन्न नसकिने जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय