शुक्रबार , बैसाख ७, २०८१

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सोमबारका लागि बोलाइएको छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४ औं महाधिवेशन र राष्ट्रिय तथा प्रादेशिक राजनीतिबारे छलफल हुने बताइएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

तरकारी तथा फलफूलको मूल्य अकासियो, उत्पादन कम भएको दावी

काठमाडौँ, वैशाख ११ गते ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य बढेको जनाएको छ ।

तरकारीको मूल्य करिब ६९ प्रतिशतले बढेको छ भने फलफूलको मूल्य ४१ प्रतिशतसम्म बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारी लगायत फलफूलको मूल्य थोक मूल्यमै बढेको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार नेपाली तरकारी तथा फलफूल उत्पादनमा कमी हुँदा समस्या भएको हो ।

“माग धान्न भारतबाट तरकारी तथा फलफूल आयात हुने गरेको छ ।” सूचना अधिकारी श्रेष्ठले भन्नुभयो,“हाल भारतबाट दैनिक करिब ३० देखि ४० प्रतिशत तरकारी भित्रिने गरेको छ ।” भारतबाट तरकारी तथा फलफूल आए पनि बजारको माग अनुसार पर्याप्त भने नरहेको र सामान्य अवस्थामा करिब दैनिक सात, आठ सय मेट्रिक टन भित्रिने गरेको उहाँले बताउनुभयो ।

कालीमाटी तरकारी बजारका व्यापारी गीता अचार्यले भन्नुभयो,“केही दिनयता थोकमै मूल्य बढेको छ ।

महँगोमा खरिद गरेपछि सस्तोमा बेच्न सकिँदैन ।” तरकारी तथा फलफूलको मूल्य होलसेलमा बृद्धि हुँदा खुद्रामा पनि मूल्य बढेको छ ।

‘महँगोमा खरिद भएपछि उपभोक्तालाई पनि बढी मूल्य पर्छ । प्रतिकिलो ८०÷९० रुपियाँभन्दा कममा तरकारी पाउन मुश्किल रहेको उहाँको भनाइ छ ।

प्रत्येक खुद्रा पसलमा तरकारी तथा फलफूलको मूल्य फरक रहेको उहाँको भनाइ छ ।

समितिका अनुसार २०७८ बैशाख १० गते हरियो फर्सी प्रतिकेजी ५५ रुपियाँ  छ । रातो बन्दा ११० रुपियाँ घिउसिमी हाल बढेर ९५ रुपियाँ, १२ रुपियाँ पर्ने बन्दा बढेर ३३ रुपियाँ, ७५ रुपियाँ पर्ने मटरकोसा बढेर १५५ रुपियाँ, २८ रुपियाँ पर्ने हरियो फर्सी बढेर ५५ रुपियाँ पुगेको छ ।

होलसेल मूल्य ४५ रुपियाँपर्ने हरियो धनियाँ ८७ रुपियाँ, ४७ रुपियाँपर्ने लोकल काउली बढेर ७५ रुपियाँ, ५७ रुपियाँ पर्ने प्याज हरियो ८७ रुपियाँ, ६५ रुपियाँ पर्ने काँक्रो बढेर ९० रुपियाँ, भुईकटहर १३० रुपियाँ, पुगेको छ  । भेडे खुर्सानी, मुला, हरियो लसुन, बोडी, ब्रोकाउलीलगायत तरकारीको मूल्य बढेको छ भने गोल भेंडा, रातो आलु भन्टाको मूल्य घटेको छ ।

सूचना अधिकारी श्रेष्ठका अनुसार तरकारीको चैतदेखि मूल्य बढेको र क्रमिकरूपमा बढिरहेको छ । उपत्यकामा मुख्यत ः धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर, धुलिखेललगायत तराईका जिल्ला र भारतबाट तरकारी भित्रिने गरेको छ ।
तरकारी जस्तै फलफूलको मूल्य पनि उच्च दरले बढेको छ ।

एक महिनाको अवधिमा हरियो अंगुरको मूल्य १५५ बाट बढेर १९० रुपियाँ प्रतिकिलो पुगेको छ । अंगुर कालो ३८ प्रतिशतले बढेर २९० रुपियाँ पुगेको छ ।

सुन्तलाको मूल्य २६ प्रतिशतले बढेर १९५, स्याउको ३ प्रतिशतले बढेर १ सय ९५, तरबुजा ६ प्रतिशतले बढेर प्रतिकिलो ४८ र केरा ११ प्रतिशतले बढेर प्रतिदर्जन १२० रुपियाँपुगेको छ । “छिटपुट रूपमा हुने अनुगमनले सुधार भएको छैन,रणनीतिक हिसाबले अनुगमन हुन जरुरी छ ।” उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय