शनिबार , अषोज २, २०७८

नेपालमा दुबै डोज कोरोनाको खोप लगाएका व्यक्तिमा समेत संक्रमण देखिएको छ । ग्राण्डी अस्पतालका चिकित्सक डा. विपिन नेपाल खोप लगाएपछि संक्रमित बनेका हुन् ।

डा. नेपालले रातोपाटीलाई दिएको जानकारीअनुसार उनीसँगै पत्नी पनि संक्रमित भएकी छिन् । शुक्रबार काठमाडौंको केएमसी अस्पतालको ल्याबमा परीक्षण गराउँदा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो ।

डा. नेपालले कोभिड १९ को प्रकोपताका प्लाज्मा थेरापीबाट धेरैजना संक्रमितलाई निको पारेका थिए । स्वास्थ्यकर्मी भएको नाताले देशमा शुरू भएको खोप अभियानमा उनले पहिलो चरणमै पहिलो डोजको खोप  लगाएका थिए । उनले बैशाख ८ गते दोस्रो  डोज खोप लगाएका थिए ।
दुबै डोज भ्याक्सिन लिएका स्वास्थ्यकर्मी कोरोना संक्रमित हुनुले  खोप लगाइसकेपछि पनि जोखिम यथावतै रहन्छ भन्ने स्पष्ट भएको स्वास्थ्यकर्मी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय