बिहिबार , बैसाख १३, २०८१

एमालेले राष्ट्रियसभामा रिक्त सदस्य पदको निर्वाचनमा रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भएको छ।

बालुवाटारमा बसेको शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले बादललाई उठाउने निर्णय गरेको हो। नेकपाको एकता भंग भएपछि  माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य भएका बादल एमालेमा प्रवेश गरेका थिए। दल त्या गरेपछि उनको पद गुमेको थियो। पद गुमेपछि स्वत: मन्‍त्री पदबाट पनि मुक्त भएका बादललाई ओलीले फेरि गैरसांसदका रुपमा गृहमन्‍त्री नियुक्त गरेका थिए।

आयोगले  राष्ट्रियसभा सदस्य चयनका लागि जेठ ६ गते निर्वाचनको मिति तोकेको छ। उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका प्रमुख, उपप्रमुख र प्रदेश सभा सदस्यहरुले मतदान गर्ने छन्। एक सय १० जना प्रदेश सदस्य र २ सय ३८ पालिका प्रमुख उपप्रमुख रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय