बिहिबार , चैत्र १५, २०८०

काठमाडौं

केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति गठन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई बाइपास गरेर एकलौटीरुपमा स्थायी कमिटी पुगर्नठन गरेका छन् ।

शुक्रबार बालुवाटरामा आयोजित महाधिवशेन आयोजक समितिको बैठकले नेकपा एमालेको स्थायी कमिटी पुनगर्ठन गरेको छ । बैठकले १८ सदस्यीय स्थायी कमिटी गठन गरेको हो । स्थायी कमिटीमा झलनाथ–माधव पक्षका नेताहरुलाई समेटिएको छैन । तर, वामदेव गौतमलाई

भने समेटिएको छ । पुनर्गठित स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोख्रेल, रामबहादुर थापा बादल, बिष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोख्रेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, बिष्णु रिमाल, छविलाल

विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ्ग, रघुवीर महासेठ, केशव बडाल, मणि थापा, किरण गुरुङ र पुष्पराज कँडेल छन् । तर पुनर्गठित नयाँ १८ सदस्यीय स्थायी समितिमा एक जना पनि महिला परेका छैनन् ।

एमालेको कमिटीमा खनाल–नेपाल पक्षीय नेताहरु झलनाथ खनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, युवराज ज्ञवाली र मुकुन्द न्यौपाने सदस्य थिए । उनीहरू कसैलाई पनि कमिटीमा समेटिएको छैन ।

यो पनि;- ओलीको चटारो : एकैदिन स्थायी कमिटी पुनर्गठनदेखि कारवाही र उम्मेदवार तयसम्म नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले खनाल–नेपाल पक्षलाई बाइपास गर्दै शुक्रबार एकलौटीरुपमा स्थायी कमिटी पुनर्गठन गरेका छन् ।

शुक्रबार बालुवाटारमा ओलीको अध्यक्षमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले पार्टीको स्थायी कमिटी पुनर्गठन गरेको हो । १८ सदस्यीय स्थायी कमिटीमा खनाल–नेपाल पक्षका

नेताहरुलाई समेटिएको छैन । यद्यपि, वामदेव गौतमलाई भने स्थायी कमिटी सदस्यमा मनोनित गरिएको छ । पुनर्गठित स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोख्रेल, रामबहादुर थापा ‘बादल’,

विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, मणि थापा, किरण गुरुङ र पुष्पराज कँडेल छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय