बिहिबार , चैत्र १५, २०८०

जनकपुर

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटारनजिक भएर बटुवा बाटो हिँड्नै छाडेको बताएका छन् । शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बटुवालाई पनि केन्द्रीय सदस्य बनाउन थालेपछि बालुवाटारनजिक भएर बटुवा बाटो हिँड्नै छाडेको उनले बताए ।

उनले भने, ‘अल्पमत परेपछि ओलीले बाटो हिँड्ने बटुवालाई केन्द्रीय सदस्य बनाएका छन् । बटुवालाई केन्द्रीय सदस्य बनाउन थालेपछि बालुवाटारनजिक भएर बटुवा बाटो हिँड्नै छोडे ।’

यसअघि नेता नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वायुपंखी घोडा चढ्दा पार्टी र लोकतन्त्र धरापमा पारेको आरोप लगाएका छन् । उनका अनुसार पार्टी फुट्न नदिन पटक–पटक भेटघाट गरे पनि ओलीको हठका कारण सफल हुन सकेको छैन ।

यसैगरी बालुवाटारको बालुवामा तेल नै नभएको पनि उनले बताएका छन् । उनले भने, ‘ बालुवाटारको बालुवामा तेलछैन । बालुवा जति पेले पनि तेल निस्किने अवस्था छैन । छलफल र भेटघाटमा ओली आफनो दम्भबाट पछाडि हट्न चाहेन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय