शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं।

नेकपा एमालेको बैठक आज बस्दैछ । एमाले आयोजक कमिटी बैठकले अनुशासनसम्बन्धी कारबाहीका महत्वपूर्ण निर्णयहरु लिने बुझिएको छ ।

कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने नेताहरुमाथि कारबाहीको निर्णय गर्ने निश्चितप्रायः छ । आयोजक कमिटी सदस्य प्रकाश ज्वाला कारबाहीमा पर्ने बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार कर्णाली प्रदेशमा फ्लोर क्रसको निर्देशन दिएको भन्दै माधवकुमार नेपाल र भीम रावलमाथि थप कारबाहीको तयारी भएको छ ।

आजको बैठकबाट प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अनुशासनसम्बन्धी कडा कदमहरु चाल्ने तयारी गरेको बुझिएको छ ।

यसअघि पार्टीबाट निलम्बित केही नेताहरुमाथि थप कारबाहीको तयारी भएको छ ।

यसैगरी, एमाले बैठक रोक्न एउटा पक्षले आग्रह गरेको छ । केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टी विधान विपरित आयोजक कमिटी बनाएको भन्दै आज बोलाइएको उक्त कमिटीको बैठक तत्काल रोक्न आग्रह गरेका छन् ।

उनले उत्तेजना, आवेग र अभिमान हावी भएर कुनै पनि निर्णय गर्न नहुने प्रस विज्ञप्तीमार्फत् भनेका छन् ।

बोहराले बैठकबाट ओलीले कठोर निर्णय लिन सक्ने बुझेर बोहराले रोक्न आग्रह गरेका हुन् । उनले २८ फागुन २०७७ को ओलीले गरेको निर्णय समेत फिर्ता गर्न भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय