शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं,।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र कारबाहीको डन्डा चलाएर आफूविरुद्ध आउनसक्ने अविश्वासको प्रस्तावलाई निस्तेज पार्ने तयारी गरेका छन् ।

ओलीले कारबाहीस्वरुप निलम्बनको निर्णय बढाउन महाधिवेशन आयोजक कमिटीको बैठक डाकेका छन् ।

कर्णाली प्रदेश सभामा मतदानका क्रममा फ्लोर क्रस गरी उत्साही भएका माधव कुमार नेपाल पक्षधरलाई कमजोर पार्न ओलीले कठोर निर्णय लिन लागेको बुझिएको छ ।

कम्तिमा सांसद पदबाट निलम्बन गरेमा मतदानबाट वञ्चित हुने र फ्लोर क्रसको सम्भावना नरहने भएपछि अविश्वासको प्रस्ताव आउन नसक्ने ओली पक्षको बुझाई छ ।

माधव नेपाल पक्षधर ३० भन्दा बढी सांसद रहेको र उनीहरुले फ्लोर क्रस गर्ने सम्भावनाबीच काँग्रेस र माओवादी मिलेर अविश्वासको प्रस्ताव ल्याउँदा बहुमतका लागि सिट संख्या पर्याप्त हुन्छ ।

तर, फ्लोर क्रसको सम्भावनालाई ध्यानमा राखी अविश्वासको प्रस्ताव आइसकेपछि पनि ओलीले सांसद पदबाटै हटाउने वा निलम्बन गर्ने गरी कारबाहीको डन्डा चलाउन सक्छन् ।

त्यस्तो अवस्थामा जनता समाजवादी पार्टीको साथ विना अविश्वासको प्रस्ताव सफल हुन सक्दैन ।

अविश्वासको प्रस्तावको पक्ष या विपक्ष दुवैमा बहुमत नपुगेमा ओलीलाई अर्ली इलेक्शनमा जाने बाटो खुल्छ । प्रस्तावको विपक्षमा बहुमत पुगे ओली अर्को एक वर्ष ढुक्कले प्रधानमन्त्री हुन्छन् ।

यसैगरी, प्रचण्ड र माधवकुमार नेपालले फेरि प्रधानमन्त्रीको प्रस्ताव राख्दा पनि देउवा हच्किएका छन् । उनले जसपाको साथ खोजेका छन् ।

जसपाको ३२ जना सांसदको हस्ताक्षर आएमा मात्र अगाडि बढ्ने जवाफ दिएको बुझिएको छ । यसले ओलीलाई फाइदा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय