शनिबार , बैसाख ८, २०८१

काठमाडौं,।

नेकपा (एमलो) का नेता माधव कुमार नेपालले सत्ताको मात लागेकाहरुले जहाँपनि धम्कीको भाषा प्रयोग गर्ने गरेको टिप्पणी गरेका छन् । राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।

उनले भने,‘नेपालमा पनि र, संसारमा पनि यस्तै देखिन्छ । यो काठमाडौंमा पनि, जिल्ला जिल्लामा, मोफसलमा पनि यही देखिन्छ । प्रदेशमा पनि त्यही देखिन्छ ।

मुद्दा, मामिलामा पनि फसाउने काम हुनसक्दछ । मुद्दा मामिलको कुरा अगाडि सारेर सातो लिने काम पनि हुनसक्छ । हुन त तपाईहरुको सातो जाँदैन् ।

किनभने सातो सबै सेलाईसकेर तपाईहरु यो मैदानमा आउनुभएको छ । किनभने सत्य, तथ्य समाचारहरु सम्प्रेषण गर्ने कुरा सजिलो होईन् । कमसल मान्छेहरु झुठो कुरामा विश्वास गर्दछन् । गलत कुरामा विश्वास गर्दछन् ।

र, गोयबल्स शैलीको प्रचार गर्छन् । उनीहरु एउटै कुरा र झुठलाई हजार बार दोहोर्याउने कोशिस गर्छन् ।

अनि मान्छेलाई भ्रममा पार्ने प्रयत्न गर्ने कोशिस गर्छन् ।’ उनले अन्त्यतमा सत्यको नै जित हुने विश्वास दिलाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय