सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले प्रधानमन्त्री ओली एकलौटी ढङ्गले अघि बढ्न खोजेको कारण मुलुकमा अस्थिरता पैदा भएको टिप्पणी गरेकी छन् ।

शुक्रबार जिपी कोइरालाको ११औँ स्मृति दिवसको अवसरमा जिपी कोइराला स्मृति प्रतिष्ठान बुटवलले आयोजना गरेको महिला भलिबल रनिङ्ग शिल्ड प्रतियोगितामा बोल्दै कोइरालाले नेपालमा सहमति, सहकार्य र एकता बिना कसैले केही गर्न नसक्ने जिकिर गर्दै मुलुकमा यो अस्थिरता देखा पर्नुमा प्रधानमन्त्री ओलीको अहमता, एकलौटी शासन प्रणाली नै रहेको बताइन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेकी कोइरालाले असफल नेतृत्वका कारण सरकार पूर्णरुपमा असफल भइसकेको बताइन् । त्यस्तै उनले नेपाली जनता कोरोना महामारी लगायत अनेकौँ समस्याहरुसगँ जुध्न परिरहेको बेला सरकारले ठूला–ठूला सपना बाड्नु शिवाय नेपाली जनताका लागि केही पनि गर्न नसकेको दाबी गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय