आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।
नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले कर्णाली प्रदेशमा पार्टीको निर्देशनविपरीत जाने सांसदप्रति उदार हुन नसकिने बताएका छन् । फ्लोर क्रस गर्ने चार जना सांसदले संसदीय मूल्यमान्यताकै उपहास गरेको नेता नेम्वाङको भनाई छ ।
नेता नेम्वाङले भने, ‘जुन पार्टीको चिह्नमा चुनाव लडेर सांसद भइयो, त्यही पार्टीको निर्देशनविपरीत जाने सांसदप्रति उदार हुन सकिँदैन ।’

संसदीय व्यवस्थामा मूल्यमान्यता पनि निकै महत्त्वपूर्ण भएको उल्लेख गर्दै नेम्वाङले जसले फाइदा लियो, त्यसले पनि गलत हो भन्न सक्नुपर्ने उनले बताए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा आज एमालेका चार जना सांसदले फ्लोर क्रस गरेका थिए । एमाले सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोर क्रस गरेर शाहीको पक्षमा मतदान गरेका थिए ।

कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने आफ्ना सांसदसँग एमाले संसदीय दलले स्पष्टीकरण माग गरेको छ र कारबाही गर्न सिफारिस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय