बिहिबार , बैसाख १३, २०८१

Nepali Rajneeti

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय ‘रअ’ प्रमुख सामन्त गोयलबीच भएको भनिएको चार बुँदे सहमतिको कागजात ‘फेक’ भएको भन्दै प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ।

उज्यालो नेटवर्क नामक अनलाइनले ‘रअ’ प्रमुखको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्रीसँग चार बुँदे सहमति भएको भनिएको कागजात सार्वजनिक गरेको थियो।

अंग्रेजी भाषामा रहेको उक्त कागजातमा अनअफिसियल ट्रान्सलेसन लेखिएको छ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले उक्त सम्झौतासम्बन्धी कागजात झुटो भएको सेतोपाटीलाई जानकारी दिए।

‘त्यो कागज फेक हो, अन्त्यन्त गलत मनसायले राष्ट्र विरोधी, देश विरोधी मनसायले गरेको प्रचार हो।

त्यस्ता योजनाबद्ध हिसाबले भएको भए कानुनको दायरामा ल्याउनुपर्ने हुन्छ’, भट्टराईले भने, ‘अन्तर्राष्ट्रिय जगतसँग विदेशी मामिलाजस्तो संवेदनशील मामिलामा जोड्ने कुरा निन्दनीय देश विरोधी र देशद्रोही र घातक विषय हो।

यस्ता विषयलाई ठाउँ नदिनुहोस् भन्ने मिडियाका साथीलाई आग्रह छ।’

२०७६ को कात्तिकमा गोयलको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री ओलीसँगको भेटमा भट्टराई सहभागी भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय