बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।
काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्ला कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको हो ।

बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले आठ बुँदे अपील गरेका हुन्। मन्त्रालयले अति प्रभावित भनेर १४ जिल्लाका विद्यालयमा सहभागी नहुन र हुनुपरे स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गराउन अनुरोध गरेको छ। मन्त्रालयले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने बुझेर जिम्मेवार भूमिका खेल्न अनुरोध गरेको छ।

‘ती जिल्लाका बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवा अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्रि व्यवसाय, ७ः०० बजेपछि सबै रेष्टुरेष्ट तथा क्लब, खेलकूद, जीम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन, बैठक तथा भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलमा सहभागी नभइदिन हुन अनुरोध छ’, मन्त्रालयको अपीलमा भनिएको छ ।

सहप्रवक्ता अधिकारीले अबका दिन सङ्क्रमण प्रभावका हिसाबले निकै नै चुनौतिपूर्ण हुनसक्ने भएकाले सबै नागरिक तथा सरोकारवाल निकाय सचेत हुँदै संवेदनशिल रुपमा जिम्मेवार बन्न पनि आग्रह गरेका छन् ।

सहप्रवक्ता डा अधिकारीले विदेशी नागरिकलाई पीसीअर नेगेटिभ आएपछि मात्र होटलमा बास राख्न अनुरोध गरेका छन् । मन्त्रालयले नियमित रुपमा अस्पतालमा सेवा लिन आइरहेका सेवाग्राहीलाई कोभिड–१९ सङ्मक्रण पुष्टि भएका आधारमै मात्र अन्य अस्पतालमा पठाउने गरेर अनावश्यक दुःख हुने काम नगराउन आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले सबै सरकारी अस्पतालले कम्तीमा ५० प्रतिशत शय्या कोभिड–१९ सङ्क्रमितलाई व्यवस्थापन गर्न र तोकिएअनुसार निःशुल्क सेवा दिन पनि अपिल गर्नुभएको छ । मन्त्रालयले बालबालिका, गर्भवती, सुत्केरी महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई कोभिड–१९ को परीक्षण तथा उपचारमा उच्च प्राथमिकतामा राख्न अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय