मंगलबार , चैत्र ६, २०८०

काठमाडौं,
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले अहिले देश गम्भीर र जटिल परिस्थितिबाट गुज्रिरहेको टिप्पणी गरेका छन् । उनले देशको जटिलतालाई चिर्नको लागि कोशिस गर्नुपर्ने पनि धारणा राखेका छन् । उनले आफूहरुले राणा शासन ढालेको, पञ्चायत ढालेको र राजतन्त्र ढालेको स्मरण गराए । अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नको लागि ढिलाई गर्न नहुने उनको धारणा छ ।

उनले भने,‘यो सरकार जति दिन, जति मिनेट कुर्सीमा बस्छ, त्यति अराजकता हुँदै जान्छ । देश त्यति बर्वादीतिर गैरहेको हुन्छ । त्यो अराजकतालाई, सर्वसत्ताउन्मुख सरकारलाई हटाउने सबभन्दा जरुरी काम हो । नेपाली कांग्रेसको पहलमा हामीले यो काम गर्नुपर्ने हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय