मंगलबार , बैसाख ११, २०८१

घरमा नै बसेर आफ्नो जग्गाको नक्सा हेर्न, फिल्डबुक र प्लट रजिष्टर प्रिन्ट गर्न सकिने मेरो कित्ताको शुभारम्भ गरिएको छ। प्रधानमन्त्री केपी ओलीले डिजिटल नेपालको अवधारणालाई मुर्तरुप दिन नेपाल ल्याण्ड इन्फरमेसन सिस्टम (नेलिस) र मेरो कित्ता नामको अनलाइन प्रणालीको शुभारम्भ गरेका छन् ।

प्रधानमन्त्री ओलीले स्वीच अन गरेर नेलिस र मेरो कित्ताको शुभारम्भ गरेका हुन् । नेलिस नापनक्सा कार्यबाट संकलित विवरण (डेटा) को प्रयोगबाट जग्गा दर्ता तथा नक्सा अद्यावधिक गर्ने प्रणाली हो भने मेरो कित्ता अनलाइनमार्फत घरमै बसेर नक्सा, फिल्डबुक र प्लटरजिष्टर प्रिन्ट गर्ने सक्ने प्रणाली हो ।

शुभारम्भ कार्यक्रम बोल्दै प्रधानमन्त्री ओलीले जग्गा प्रशासन यो प्रणाली नयाँ आयाम ल्याउने बताए । नेलिस र मेरो कित्ता अनलाइन प्रणाली सुरुवात गरेको प्रधानमन्त्री ओलीले हर्ष र खुसी प्रकट गरेको छन । उनले भने, यो असाधारण उपलब्धी हो, अब जग्गा प्रशासन पनि लेस फेस, लेस पेपर, क्यास लेस प्रणालीमा जादैछ, उनले भने, जग्गा प्रशासन मात्र नभइ सरकार हरेक प्रणालीलाई डिजिटलाइन गर्न चाहन्छ ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीका अनुसार सुरुका दिनमा काठमाडौं उपत्यकाका कलंकी, डिल्लीबजार र भक्तपुरका जग्गाधनीले यो सेवा लिन सक्नेछन् । यो आर्थिक वर्षभित्र उपत्यकाका सबै नापी कार्यालयमा लागू हुने छ भने आगामी आर्थिक वर्षभित्र यो देश भर लागू हुने छ । नापी कार्यालय नगई घरमै अनलाइनको सहायताले आफ्नो जग्गाको नक्सा, फिल्डबुक र प्लट रजिष्टर प्रिन्ट गर्न सकिने व्यवस्था मेरो कित्ता प्रणलीबाट गर्न सकिने महानिर्देशक जोशीले जानकारी दिए ।

नापी विभागको वेबसाइटमा गएर मेरो कित्तामा लगइन गरी आफूले चाहे अनुसार जग्गाको विवारण हेरी आफैंले प्रिन्ट गर्न सकिने विभागले जानकारी दिएको छ । उनले यो प्रणालीको प्रयोगबाट छिटो, छरितो र मितव्ययी सेवा प्रवाह हुनेका साथै जग्गा प्रशासन सेवामा पारदर्शिता तथा सुशासन कायमृमा योगदान पुग्ने विश्वास लिएको बताए ।

https://merokitta.dos.gov.np/?fbclid=IwAR2lJWMqB5kxPaVTTnWwqIrYE4PxjIVyNKhyLNRhTcpBnxwA3MY7chPSMAg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय