शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

सत्ता समीकरणबारे नेपाली कांग्रेस र माओवादी केन्द्रसँग वार्ता चलिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । भेटमा एमाले र जसपाका कार्यदलका सदस्यहरुको समेत उपस्थिति थियो । भेटमा सकारात्मक कुराकानी भएको कार्यदलका सदस्य डा. राजन भट्टराईले जानकारी दिए ।

जसपाले उठाउँदै आएका मागका सम्बन्धमा ठाकुरले प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए । जसपाले उठाउँदै आएका मागका सम्वन्धमा सरकारले प्रक्रिया अघि बढाएको बताएका थिए । कार्यदलको बैठक आजै साँझ ५ बस्दैछ । कार्यदलले जसपाले उठाउँदै आएका सांसद रेशम चौधरी लगायतका राजवन्दी रिहाई, संविधान संशोधन लगायतका विषयमा छलफल गरिरहेको छ ।

कार्यदलमा एमालेको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय