शुक्रबार , चैत्र १६, २०८०

पोखरा ।

बुधबार राति १२ बजेदेखि लागू हुने गरी गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

गत चैत २५ गतेदेखि मात्रै विधेयक अधिवेशन सुरू भई ३ दिन चलेको संसद ६ गतेसम्मका लागि स्थगित थियो । अधिवेशन अन्त्य भएको सूचना प्रदेश सभा सचिवालयमा पुगिसकेको छ । आज साढे १० बजे अधिवेशन अन्त्य सम्बन्धी सूचना संसदमा आइपुगेको प्रदेश सभाका सचिव हरिराज पोखरेलले जानकारी दिए ।

अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरूङले अधिवेशन अन्त्यको सिफारिस गरेका हुन् । आजै मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय