बिहिबार , बैसाख १३, २०८१

भद्रपुर,

भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सि’ल गरिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सि’ल गरिएको बताए । उहाँका अनुसार सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ ।

सं’क्रमण दर बढेको भन्दै कक्षा १० को परीक्षा र’द्द, १२ को परीक्षा स्थ’गित

कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको भारतका विभिन्न सहरमा लकडाउन र कर्फ्यु लगाइएकाे छ ।

गएको २४ घण्टामा भारतमा कोरोनाका कारण एक हजारभन्दा धेरै जनाको ज्यान गएको छ भने यो अवधिमा झण्डै दुई लाख जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै भारतको कोरोना सङ्क्रमितको संख्या एक करोड ४० लाख ७० हजारभन्दा धेरै पुगेको छ । कोरोनाका कारण अहिलेसम्म त्यहाँ एक लाख ७३ हजार १ सय ५२ जनाको ज्यान गएको छ । विश्वमा अमेरिकापछि भारत कोरोेनाका कारण सबैभन्दा धेरै प्रभावित भएको छ ।

सङ्क्रमण फैलिएसँगै भारतको राजस्थानमा बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन कर्फ्यु लागेको छ । त्यहाँका शिक्षण संस्थाहरु सबै बन्द छन् । यस्तै, विवाहका लागि अनुमति लिनु पर्ने भएको छ । सरकारी कार्यालयहरूमा ५० प्रतिशत मात्रै कर्मचारीले सेवा दिने छन् । राजस्थानसँगै दिल्ली, मध्यप्रदेश, उत्तर प्रदेश, पन्जाब, महाराष्ट्र लगायत क्षेत्रमा कोरोना सङ्क्रमण फैलिएको छ । यी क्षेत्रका केही सहरमा लकडाउन छ भने केही ठाउँमा कडा प्रतिबन्ध लागू गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय