शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।
अब जग्गा धनीले घरमै बसेर आफ्नो जग्गाको नक्सा प्रिन्ट गर्न पाउने भएका छन । नापी विभागले अनलाइन प्रणाली विकास गरेपछि यसका माध्यमबाट सेवाग्राहीले घरमै बसेर नक्सा प्रिन्ट, फिल्डबुक प्रिन्ट र राजस्व भुक्तानी समेत गर्न सक्नेछन । सुरुमा यो सेवा काठमाडौंका अति ब्यस्त नापी कार्यालयबाट प्रारम्भ गरिने नापी बिभागका सूचना अधिकारी दामोदर ढकालले बताए ।

आजदेखि काठमाडौंका आठ नापी कार्यालयबाट यो सेवा प्रारम्भ गरिनेछ । देशका १२६ नापी कार्यालयमा पनि यो सेवा छिट्टै सुचारु गरिने जनाएको छ । सेवाग्राहीलाई प्रविधिमैत्री सेवा दिने उद्देश्य अनुरुप यस्तो अनलाईन सेवा ल्याउन लागिएको हो । सेवाग्राहीले घरमै बसी आफ्नो जग्गाबारे जानकारी लिन सजिलो होस भनेर यस्तो सफ्टवयर सिस्टम विकास गरिएको हो ।

नेपाल ल्यान्ड इन्फर्मेसन सिस्टम (nelis) प्रणाली तयार पारिएको छ । सेवाग्राहीले घरमै बसी ‘मेरो कित्ता’ अनलाईन मार्फत यो सेवा उपयोग गर्न सक्नेछन । सो सेवा प्रवाहसम्वन्धी सुरुवात आजबाट हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो सेवाको सुरुवात गर्ने कार्यक्रम छ । बिहान ११ बजे प्रधानमन्त्री ओलीले सो सेवाको शुभारम्भ गर्ने नापी विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय