बिहिबार , चैत्र १५, २०८०

सेलिब्रेटिको लागि चर्चा हुने बहाना अनेक छन् । एकले अर्कोको विरुद्ध बोल्दा, बोली चिप्लिदा, प्रेम बस्दा-छुट्दा, डिभोर्स हुदा, विवाह हुदा, पहिरनका कारण लगायत थुप्रै छन चर्चामा आउनका कारणहरु ।

यता आमा बन्दा त झनै चर्चा हुने गर्छ । यतिबेला एकै समय ३ अभिनेत्री तथा कलाकार आमा बन्दा बन्ने चर्चाले सामाजिक संजाल तातेको छ । अभिनेत्री प्रीयंका कार्की, गरिमा पन्त र रक्षा श्रेष्ठ आमा बन्दैछिन ।

यी ३ जनैले आफ्नो आफ्नो सामाजिक संजालमा बेबि बम्प फोटोलाई सार्बजनिक गरेकी छन् । उता प्रीयंका कार्किको बेबि बम्प तस्विर ट्रोलको सिकार समेत बन्न पुग्यो । उनले बेबि बम्प फोटो सार्बजनिक गर्दै लेखेको स्ट्याटसका कारण ट्रोलको सिकार बनेकी हुन् । उनले ‘हामी गर्भवती भयौ’ भन्दै आयुष्मान र आफ्नो तस्वीर सार्बजनिक गरेकी थिइन् ।

यता अभिनेत्री गरिमा पन्तले पनि आफ्नो बेबि बम्प फोटो सार्बजनिक गर्दै ईन्स्टाग्राममा ‘शृस्टीबाट सृष्टिकर्ता, जिवनको अर्को सुन्दर अध्यायमा प्रवेश’ लेखेकी छन् । तस्वीरमा श्रीमान हरि शर्मासंग उनि कालो पहिरनमा खुशी मुद्रामा छिन् ।

उनले सो तस्विरलाई बिक्रम सम्बत २०७७ को अन्तिम दिन ईन्स्टाग्राममा राखेकी हुन् । उनले वि.सं. २०७३ को बैशाखमा मा बेल्जियम बस्ने ब्यवसायी हरि शर्मासँग विवाह गरेको जानकारी दिएकी थिईन् । गरिमाले बैवाहिक जानकारी दिनु अगाडी नै आफुले बेल्जियममा व्यापार शुरु गरेको बताएकी थिईन् ।

केहि वर्ष अगाडि सांगीतिक कार्यक्रमका लागि यूरोप पुगेको समयमा गरिमा र हरिको भेट भएको बताईन्छ । गरिमासँग दोश्रो बिवाह गरेका हरि नेपाली ब्यवसायी संघ बेल्जियमका पूर्व अध्यक्ष समेत हुन् ।

गरिमाले वि.सं.२०७० मा रिलीज भएको फिल्म ‘झोला’बाट राष्ट्रिय अवार्डसहित सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी छन् ।
यस्तै कलाकार तथा मोडलरक्षा श्रेष्ठ पनि आमा बन्दै छिन । भद्रगोलबाट ख्याती कमाएकी श्रेष्ठ पछिल्लो समय सोही टिमसंगै सक्किगोनि टेलिफिल्ममा अभिनय गरिरहेकी थिइन् ।

अभिनयमा राम्रो दक्खल रहेकी उनी आमा बन्ने भएपछि यतिबेला सबै कार्यलाई थाती राखेकी छन् । सामाजिक संजालमा उनले पनि बेलाबेला बेबि बम्प फोटो सार्बजनिक गरिरहेकी हुन्छिन् । उनले आमा बन्ने भएपछि ‘डान्सिङ विथ द स्टार्स नेपाल’ जस्तो ठूलो प्लेटफर्म छोड्नु परेको थियो । उनले भने आफ्नो बेबि बम्प तस्विरहरुमा आफ्ना श्रीमानलाई अगाडि ल्याएकि छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय