आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं,
सरकारले पाँच जिल्लामा बिहीबार पनि सार्वजनिक बिदा दिने भएको छ। सिरूवा-पवानी पर्वको उपलक्ष्यमा पाँच जिल्लामा बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णयानुसार २०७८ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने ‘सार्वजनिक बिदा’ गत चैत ९ गते नै राजपत्रमा प्रकाशित गरेको थियो।

सो राजपत्रमा प्रकाशित भएको सूचना अनुसार नै सिरूवा-पावनी पर्व बिहीबार परेकाले उक्त पर्व मनाइने पाँच जिल्लामा बिदा हुने मन्त्रालयले जनाएको हो। नयाँ वर्षको दिन आज देशभरि सार्वजनिक बिदा छ।
स्पेन भ्रमण सकेर अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

लुम्बिनी गार्डेन प्रोजेक्टको शान्ति सम्मेलनमा सहभागी हुन स्पेन जानुभएका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्वदेश फर्किएका छन्। स्पेनको एक्सत्रेमदुरा प्रान्तको काथेरेस शहरमा भएको शान्ति सम्मेलन लागि चैत्र २३ गते सोमबार १० सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै पुग्नुभएका अध्यक्ष तिमिल्सिना बुधवार स्वदेश फर्किएका हुन् ।

भ्रमण सकेर स्वदेश फर्किएका उनीले सम्मेलन गौतम बुद्ध जन्मभूमि नेपाल र बुद्धको शान्ति सन्देश विश्वभर फैलाउने उद्देश्यले भएकाले निकै उपलब्धिमूलक भएको जानकारी दिए। शान्ति सम्मेलन लुम्विनी गार्डेन फाउन्डेसन, स्पेन, एक्सत्रेमदुरा प्रान्त र सोही प्रान्तको काथेरेस नगरपालिकाको संयुक्त आयोजना भएको थियो।

सम्मेलनका अलवा अध्यक्ष तिमिल्सिनले विभिन्न उच्च स्तरीय भेटघाट गरेका थिए । सो भेटघाटहरु नेपाल स्पेनको कूटनीतिक सम्बन्ध मजबुद बनाउन तथा दुई पक्षीय साझेदारीका लागि निकै उपलब्धिमुलक भएको बताए ।

अध्यक्ष तिमिल्सिनाले शान्ति सम्मेलनको उद्घाटन गर्दै स्पेनको एक्सत्रेमदुरा प्रान्तको सदनमा सम्बोधन गरेका थिए । त्यसैगरी सम्मेलनको दोस्रो दिन स्पेनको ऐतिहासिक क्याथेरेस नगरपालिकामा भएको कार्यक्रममा उनले नेपालमा शान्ति र लोकतन्त्रको विकास बारे आफ्नो अनुभव सहितको सम्बोधन गरेका थिए ।

भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिनाले स्पेनको उपल्लो सदन (सिनेट) का अध्यक्ष पिलर लप क्विनका, स्पेन सरकारका उपप्रधानमन्त्री कार्वेन कल्भो, एक्सत्रेमदुरा प्रान्तका मुख्यमन्त्री , सभामुख, मन्त्रीहरु, सांसदलगायत विशिष्ट व्यक्तिहरुसँग भेटघाट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय