बुधबार , बैसाख १२, २०८१

काठमाडौं –

६५ वर्ष माथिका ज्येष्ठ नागरिक र दीर्घरोगीहरु कोरोना संक्रमणको उच्च जोखिममा पर्ने समूहमध्ये एक हुन्। कोरोनाको सुरुवाती दिनमा पनि यिनै समूह बढी संक्रमित हुन्थे र अहिले पनि हुने गर्छन्। लक्षण देखिने, सिकिस्त भएर अस्पताल भर्ना हुनेहरुमा पनि ६५ वर्ष माथिका र दीर्घरोगीहरु नै बढी हुन्छन्।

बालबालिका र युवा उमेर समूहका व्यक्तिहरु उनीहरुको तुलनामा कम जोखिममा पर्ने चिकित्सकहरुले बताउँदै आएका छन्। तर अहिलेको अवस्थामा युवा उमेरका व्यक्तिहरु पनि उच्च जोखिममा पर्न थालेका छन्।

यसको अर्थ युवा उमेरका व्यक्ति जोखिममा पर्दै नपर्ने भन्ने होइन। तर उनीहरुलाई कम जोखिम समूह अन्तर्गत राख्ने गरिन्थ्यो। अस्पतालमा भर्ना हुनेहरुको संख्या पनि युवा उमेरका व्यक्तिहरु कम हुने गर्थे। तर अहिले अस्पतालमा हुनेहरुमा युवा उमेरका व्यक्तिहरुको संख्या पनि विस्तारै बढ्दैछ।

काठमाडौं उपत्यकाको कोरोना उपचार हुने अस्पतालको आई’सीयूमा भर्ना हुने कोरोना संक्रमितको संख्या दैनिक बढ्दैछ। जसमा युवाहरुको संख्या पनि विस्तारै बढ्न थालेको अस्पतालबाट प्राप्त विभिन्न तथ्यांकले देखाउँछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय