आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं

नेकपा (एमाले) का नेता माधव कुमार नेपालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग तत्काल सहकार्यको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । आज राति ८ः०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले यस्तो बताएका छन् ।

उनले वर्तमान प्रधानमन्त्री ओलीलाई अपराधीको पनि संज्ञा दिएका छन् । उनले अध्यक्ष ओलीले आत्माआलोचना गरेमात्रै अब सहकार्य हुने नत्र नहुने पनि दाबी गरे । उनले भने,‘केपी ओलीले आत्माआलोचना गर्नुपर्छ। ओलीसँग गुटका मान्छे मात्रै छन् । अब एमालेबाट म होईन केपी ओली विस्थापित हुन्छन् । देशभरिका मूल प्रवाहका कार्यकर्ता म सँग छन् । ओलीसँग सहकार्य असम्भव छ ।’

चिसो पेय पदार्थ कति र कसरी पिउने ?

गर्मीयाममा चिसो पेय पदार्थ पिउँदा कतिपयमा दाँतको दुखाइ सुरु हुने समस्या हुन्छ । यसको कारण के होला ? दन्त चिकित्सकहरू चिसो पेय पदार्थमा हुने एसिड एवं गुलियो पदार्थको कारण यस्तो समस्या सिर्जना हुने गरेको बताउँछन् र यसको समाधान चिसो पेय पदार्थको उपभोगमा ल्याउने नियन्त्रणमा मात्रै सम्भव रहेको उनीहरू बताउँछन् ।

गर्मीयाम हाम्रो दाँत तथा मुखको लागि संवेदनशील समय हो । तापक्रम बढी हुने भएकाले कुनैपनि खाद्य पदार्थ दाँतमा अड्किएर बस्दा मुखभित्रै छिटो सड्ने सम्भावना एकातिर समस्याको रूपमा रहन्छ भने अर्कोतर्फ गर्मीको समयमा खाने कतिपय खाना आफैँमा दाँत तथा मुखको सुरक्षाको बाधक हुने गर्छन् ।

गर्मी मौसममा कुनै खानेकुरा खाँदा ज्यादै गुलियो र प्रशोधित खानेकुरा दाँत र मुखको लागि उपयुक्त हुँदैन भन्ने दन्त चिकित्‍सकहरूको मत छ । ‘अति खानेकुरा’ अर्थात् अति अमिलो, अति चिसो र अति तातो जस्ता खानेकुरालाई सकेसम्म बेवास्ता नै गर्नुपर्छ भन्ने मान्यता छ । तर प्रतिकूल मौसमका कारण अति चिसो खानेकुराको उपभोग समेत बढ्ने गरेको पाइन्छ ।

गर्मी मौसम सुरु भएसँगै बजारमा विभिन्न किसिमका पेय पदार्थहरूको उपभोग आकासिने गर्छ । पेय पदार्थमा पनि दूध, लस्सी जस्ता हल्का पेय पदार्थ (सफ्ट ड्रिङ्स)भन्दा पनि कार्बाेनिक एसिडयुक्त चिसो पेय पदार्थ बढी उपभोग हुने गरेको पाइन्छ । तर ती पेय पदार्थ कसरी पिउने र कति पिउने त ? दन्त चिकित्सकहरु भने चिसो पेय पदार्थलाई जति सक्दो कम उपभोग गर्नुपर्नेमा जोड दिन्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दाँत तथा मुख स्वास्थ्य शाखाका प्रमुख डा. प्रकाश बुढाथोकी दाँत तथा मुखको सुरक्षाको लागि सकेसम्म चिसो पेय पदार्थ पिउनै नहुने बताउँछन् । बजारमा आउने कोल्ड ड्रिङ्क्समा कार्बोनिक एसिड मिसाइएको हुन्छ । ‘यसलाई गिलास वा अन्य भाँडामा खन्याउँदा फिँज आउने कारण पनि यही कार्बाेनिक एसिड हो ।’ बुढाथोकीले भने ‘कार्बाेनिक एसिडले दाँतको इनामेलाई खियाउने काम गर्छ । यसले गर्दा पछि दन्त सडन हुने र गिजाले ठाउँ छाड्ने गर्छ ।’ त्यसमाथि गुलियो चिज पनि मिसाएका कारण यो दाँत तथा मुखको सुरक्षाको लागि उपयुक्त नहुने उनी बताउँछन् ।

दन्त चिकित्सकहरू चिसो पेय पदार्थको विकल्पमा कम चिनी र एसिड युक्त पेय पदार्थ छनौट गर्न सुझाव दिन्छन् । ती वैकल्पिक पेय पदार्थहरूमा पानी, दूध, विभिन्न फलफूलको जुस आदि हुन सक्छन् ।

कसरी पिउने चिसो पेय पदार्थ ?
चिसो पेय पदार्थ पिउनै परे यसलाई पाइपको माध्यमबाट पिएर सिधै निल्ने गरी पिउनुपर्ने दन्त चिकित्सकहरु बताउँछन् । चिसो पेय पदार्थ खाने बेलामा मुखमा धेरैबेर उक्त पेय पदार्थ राख्न नहुने र पेय पदार्थ पिइसकेपछि सफा पानीले मुख कुल्ला गर्नुपर्छ । जसले गर्दा दाँतलाई समस्या गराउने कार्बाेनिक एसिड दाँतमा बस्न पाउँदैन । यसले गिजामा समेत समस्या गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय