बिहिबार , अषोज ११, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

राष्ट्रिय जनमोर्चा नेपाल विभाजन हुने अवस्थामा पुगेको छ । केन्द्र एकातिर प्रदेश अर्कातिर भएसँगै जनमोर्चा विभाजित हुने अवस्थामा पुगेको हो । जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइएको भन्दै विज्ञप्ति निकालेका छन् । तर, जनमोर्चा गण्डकी प्रदेश संसदीय दलका नेता कृष्ण थापाले भने त्यस्तो कुनै निर्णय नभएको जानकारी दिए ।

“म प्रदेश संसदीय दलको नेता मात्र नभएर केन्द्रीय नेता पनि हुँ । प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइएकोबारे अहिलेसम्म कुनै निर्णय भएको छैन, प्रदेशमा जानकारी पनि आएको छैन,” थापाले भने,“म फेरि पनि भन्छु, पार्टीको निर्णयबारे कुनै जानकारी छैन, हामी मुख्यमन्त्रीकै पक्षमा छौँ ।”

गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा काम गरिरहेको जनमोर्चा अध्यक्ष केसीले निकालेको विज्ञप्तिमा उल्लेख गरेका छन् । “प्रदेश सरकारका क्रियाकलापहरुले प्रतिगमलाई मद्धत पुग्छ, त्यसकारण गण्डकी प्रदेश सरकारविरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ ।” विज्ञप्तिमा लेखिएको छ ।

गण्डकी प्रदेशमा ६० जना सदस्य छन् । एमालेका मात्रै २७ जना सांसद छन् । सरकालाई टिकाइराख्न मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई ३ सांसदको आवश्यक छ । प्रदेशसभामा कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्र १ सांसद छन् । गरिक न्यूजमा खवर छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय