शुक्रबार , चैत्र १६, २०८०

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि संसद् सचिवालयमा पत्र दर्ता गराएका छन् । मंगलबार पत्र दर्ता गरिएको नेकपा (माओवादी केन्द्र) का सांसद विन्दमान विष्टले जानकारी दिए ।

नेकपा (एमाले)ले गत चैत ५ गते कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोहीअनुसार मुख्यमन्त्री शाहीको नेतृत्वको सरकारमा रहेका एमालेका ३ मन्त्रीले चैत २४ गते राजीनामा बुझाएका थिए ।

कर्णाली प्रदेशसभामा एमालेका २०, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् ।

माओवादी केन्द्रका १३ सांसदमध्ये दैलेखका धर्मराज रेग्मीलाई सांसद पदबाट हटाएकाले माओवादीका १२ सांसद छन् ।

कर्णाली प्रदेशसभा बैठक वैशाख ३ गते बस्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय