मंगलबार , बैसाख ४, २०८१

काठमाडौं ,

प्रधानमन्त्री केपी ओलीले एमसीसी सम्बन्धी प्रतिवेदन संसदबाट निर्णयार्थ प्रस्तुत नभएको भन्दै असन्तुष्टि जनाएका छन् । बुधवार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मीलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रतिवेदन सरकारले टेबुल गरिसकेकोले प्रतिवेदन रोक्न नपाइने बताए ।

नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार भएको समयमा सम्झौता भएको एमसीसी परियोजनालाई सदनमा निर्णयार्थ प्रस्तुत नगरिएको भन्दै उनले असन्तुष्टि जनाए । सम्झौता गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक अधिकार कसैसँग हुँदैनहुने भन्दै उनले त्यसलाई कुनै पनि हालतमा प्रस्तुत गर्नैपर्ने बताए ।

प्रधानमन्त्री ओलीको असन्तुष्टि : एमसिसी संसदमा निर्णयार्थ पेस नगर्नु संविधान विपरीत

प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसदमा निर्णयार्थ प्रस्तुत नगरेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् । आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रका कारण एमसिसी सम्झौता सदनमा पेस हुन नसकेको आरोप लगाए ।

उनले यी दुवै पार्टी सरकारमा हुँदा एमसिसी सम्झौता अघि बढाउने निर्णय भए पनि आफ्नो सरकारले संसदमा पठाएको सम्झौता निर्णयार्थ पेस नै नगरिएको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय