शुक्रबार , बैसाख ७, २०८१

चितवन ।

चितवनको माडी अयोध्याधामका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बनाउन लगाएका भगवान राम र सीताको मूर्ती रामनवमीको अवसर पारेर स्थापना गरिने भएको छ ।

तयार गरेर प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्तिहरु माडी अयोध्याधाममा आगामी बैशाख ८ गते एक कार्यक्रमसहित अनावरण गर्न लागिएको हो ।

त्यसका लागि माडीमा आवश्यक तयारी गरिएको अयोध्याधाम प्रचारप्रसार समितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिए ।

यस्तो छ तयारी

प्रधानमन्त्री कार्यालय बालुवाटारमा रहेका मूर्तिहरुलाई बैशाख ७ गते स्वस्तीवाचनसहित प्रधानमन्त्री ओलीले हस्तान्तरण गरी रथयात्रासहितको धार्मिक ¥याली निकालेर देवघाटमा ल्याएर राखिनेछ । भोलिपल्ट चैत ८ गते माडी अयोध्याधाममा लगेर अनावरण गरिने वागमती प्रदेशका सांसद विजय सुवेदीले जानकारी दिए ।

बैशाख ७ गतेबाट नै माडी अयोध्याधाममा धार्मिक किर्तन हुने र बैशाख ८ गते धार्मिक पुरोहितहरुको सहभागीता तथा वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा मूर्तिहरु अनावरण गर्न लागिएको हो ।

अहिले मूर्ती राख्ने ठाउँमा राममन्दिर बनाउने काम चलिरहेको छ । ‘अहिले मन्दिरको काम द्रुत गतिमा अघि बढेको छ,’ प्रचार समिति संयोजक दवाडीले भने, ‘अहिले तत्काल सामान्य खालको मन्दिर बन्छ, पछि हामी यसलाई भव्य र विशाल बनाउँछौं ।’ माडी नगरपालिका वडा नं. ९ मा पर्ने अध्योध्याधाममा डीपीआर निर्माणको कामसमेत अघि बढेको छ ।

रामनवमीमा माडी अयोध्याधाममा मेलासमेत लाग्ने छ । मेलामा नेपाल बाहिरबाट पनि भक्तजनहरुको सहभागिता रहने भएकाले तयारी पनि सोही अनुसार गरिएको अयोध्याधाम प्रचार समिति संयोजक दवाडीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले त्रेतायुगका मर्यादापुरुषोत्तम रामको जन्म अयोध्यापुरीमा भएको अभिव्यक्ति दिएपछि यो क्षेत्र एकाएक चर्चामा आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय