चैत्र ।

जनता समाजवादी पार्टीभित्र विवाद चर्कदै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यक्ष महन्थ ठाकुर नजिकिएपछि अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई असन्तुष्ट बनेका हुन् ।

पछिल्लो समय ठाकुर ओलीसँग नजिकिएका छन् । उनले ओलीसँगै वार्ता भइरहेको भन्दै सत्ता समिकरणको प्रस्तावलाई समेत बेवास्ता गर्दै आएका छन् ।

उपेन्द्र यादव र बाबुराम भट्ट भने ओलीलाई जतिसक्दो छिटो सत्ताबाट हटाउनुपर्नेमा जोड दिदै आएका छन् । उनीहरु अभियानमै सक्रिय छन् । ठाकुर भने ओलीसँगै समिकरण बनाएर जाने पक्षमा देखिएका छन् ।

ठाकुरको कार्यशैलीबाट यादव र भट्टराई असन्तुष्ट बन्दा दूरी बढेको छ । बबरमहलस्थित महन्थ ठाकुरको सम्पर्क कार्यालयमा यादव र भट्टराई जान छाडेका छन् । बालकुमारीस्थित पार्टी कार्यालयमा ठाकुर जाँदैछन् ।

ठाकुरको पक्षमा राजेन्द्र महतोलगायतका नेताहरु छन् । उनले पछिल्लो समय चालेको रणनीतिलाई प्रधानमन्त्रीको दाबीसँग पनि जोडेर हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय