बिहिबार , बैसाख १३, २०८१

काठमाडौं, ।

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइआएको समर्थन भोलि फिर्ता लिने भएको छ ।

समर्थन फिर्ताका लागि माओवादी केन्द्रले सबै तयारी पूरा गरिसकेको बुझिएको छ ।

माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले भोलि समर्थन फिर्ता लिइने जानकारी दिए ।

उनले ऋषि धमलासँग भने,‘हामी भोलि नै स्थायी कमिटी बैठक बसेर सरकारलाई दिइआएको समर्थन फिर्ता लिन्छौं ।’

माओवादी केन्द्रलाई सरकारलाई दिइआएको समर्थन फिर्ता लिन दबाब बढिरहँदा पुनले नयाँ खुलासा गरेका हुन् ।

नेपाली काँग्रेसले हिजै सरकारको नेतृत्व लिन पहल गर्ने निर्णय गरिसकेको छ ।

काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय समेत मागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय