आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन फिर्ता लिए आफ्नो राजीनामा आउने बताएका छन् ।

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले दिनैपिच्छे राजीनामा माग्ने गरेको र, सञ्चारमाध्यमहरुले त्यसलाई नै मुख्य समाचार बनाएको बताए ।

‘आज मागेको हो र राजीनामा, मागेको माग्यै छन् त । मागेपिच्छे म कसरी दिनसक्छु ?’ उनले भने, ‘एउटाले माग्दैन, दुइटाले माग्दैन, एकदिन माग्दैन, दुई दिन माग्दैन । माग्या छ माग्या छ ।’

समर्थन फिर्ता लिइदेऊ भन्दा पनि नलिने, तर राजीनामा भने माग्ने गरेको उनले बताए । प्रधानमन्त्री ओलीले अघि भने, राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न ।’

प्रधानमन्त्री ओलीले संसदको गणितले देशको आवश्यकताको प्रतिनिधित्व नगरे ताजा जनादेशमा जानुपर्ने तर्क गरे ।

‘कहिलेकाहीं देशको आवश्यकता र संसदको गणित फरक पर्ने र कृत्रिम ढंगले यताउता सार्ने प्रयास हुने भन्दै उनले भने, ‘व्यक्तिका स्वार्थहरुको खेलबाट अंकगणित देशको आवश्यकता विपरित गयो भने ताजा जनादेशमा जानुपर्छ । हामीले गरेको विघटन त्यही गर्न थियो ।’ अहिले पनि संसदको अंक गणितले देश अगाडि जान नसक्ने भन्दै उनले ताजा जनादेशबाट पनि हेरफेर गर्नुपर्ने बताए ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले फाँसीवाद ल्याउन खोजेको आरोपको पनि खण्डन गरे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ संकेत गर्दै उनले संविधानले शान्तिपूर्ण परिर्वतनको बाटो दिएपनि जनतालाई भड्काउन नेतृत्व गरेका मान्छेले नै फाँसीवाद भन्न थालेको बताए । उनले अघि भने, ‘नबुझेर बोल्या जस्तो लाग्यो । यस्ता कुराबाट भ्रमित हुन आवश्यक छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय