बुधबार , बैसाख १२, २०८१

काठमाडौं, ।

नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल प्रसाद बाँस्कोटाले माधव नेपाल पक्षलाई अंश र बंश चाहिए घरमै बस्न र मुग्लान नपस्न भन्दै व्यंग्य कसेका छन् ।

आज सामाजिक सञ्जाल ट्विटरतर्फ उनले यस्तो लेखेका छन् । नेता बाँस्कोटाले नेता नेपाल पक्षलाई व्यंग्य गर्दैै भनेका छन्–फेरि कोही कोही घाम छोडेर एमाले मेरै हो भनेर प्रमुख शहरहरुमा घर खोज्ने चटारोमा किन दौडिरा हुन ?

उनले लेखेका छन्–”नेकपा राम्रो हो,सूर्य चिन्ह हाम्रो हो भनेर पुष्पकमल कम्रेडले एक महिना अघिसम्म सडक रन्काको कस्तोविधी झल्को आइराछ।फेरि कोही कोही घाम छोडेर एमाले मेरै हो भनेर प्रमुख शहरहरुमा घर खोज्ने चटारोमा किन दौडिरा हुन?अंश र बंश चाहिए घरमै बस मुग्लान नपस छ।आठ दश महिना पछि कस्ले बास देला र?“

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय